ad ad

कोशी


हात्तीले घर भत्काउँदा पत्नीको मृत्यु, पति घाइते

हात्तीले घर भत्काउँदा पत्नीको मृत्यु, पति घाइते

फाइल फाेटाे


नेपालखबर
पुस १७, २०७९ आइतबार २१:१४, झापा

शिवसताक्षी नगरपालिका–११ मा वृद्ध दम्पती जङ्गली हात्तीको आक्रमणमा परेका छन्। जसमध्ये पत्नी ६१ वर्षीया वृद्धा कृष्णमाया भण्डारीको उपचारका क्रममा आज मृत्यु भएको छ भने ७१ वर्षीय पति शान्तिराम भण्डारी गम्भीर घाइते छन्। 

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दुर्गा रेग्मीका अनुसार आफ्नै घरमा रातिको निन्द्रामा रहेको अवस्थामा शनिबार राति छावा बच्चा०सहित आएका चारवटा हात्तीले भण्डारीको घरमा आक्रमण गरेको थियो। 

हात्तीले भत्काएको घरको छतले किचिँदा भण्डारी दम्पती घाइते भएको थियो। घाइते दुवैलाई उपचारका लागि दमकको आम्दा अस्पतालमा भर्ना गरिएकामा कृष्णमायाको आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।

हात्तीको आक्रमण बढ्दै

झापामा भारतबाट आउने र रैथाने जङ्गली हात्तीको आक्रमणबाट जनधनको क्षति बढ्दै गएको छ। गत एक महिनामा हात्तीकै आक्रमणबाट दुईजनाको मृत्यु भएको थियो। यस अवधिमा घाइते हुनेको सङ्ख्या पाँच पुगेको छ। 

यसअघि बाह्रदशी गाउँपालिका–१ का ३७ वर्षीय जगतबहादुर भुजेलको मृत्यु भएको थियो। झापाका पन्धै्र पालिका जङ्गली हात्तीबाट प्रभावित छन्। हात्तीको आक्रमणमा गत मङ्सिर २५ गते हल्दिबारी गाउँपालिका–४ की ५५ वर्षीया गौरादेवी पौडेल, ६५ वर्षीय नगेन्द्र पौडेल, ५८ वर्षीया पार्वता पौडेल र २८ वर्षीय चेतन पौडेल घाइते भएका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .