कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रादेशिक आम सञ्चार विधेयक सहमति मै पारित हुने बताए। विराटनगरमा आज प्रेस चौतारी कोसी प्रदेश समितिको दोश्रो अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले प्रदेश सभामा पेस भएको प्रादेशिक सञ्चार विधेयकमा कमजोरी भए सच्याएर अघि बढ्नेसमेत प्रतिबद्धता व्यक्त गरे।
मुख्यमन्त्री कार्कीले अहिले अध्यादेशको विषयमा अनावश्यक रुपमा बखेडा झिक्न खोजेको आरोप लगाए। 'सरकारले ल्याउने विधेयकका विषयमा दलका नेताहरूले पनि विरोध गरिरहेको सुनिन्छ तर अध्यादेश संवैधानिक हो,' उनले भने, 'सदनबाट पारित नभए खारेज हुन्छ तर अध्यादेश ल्याउन नपाउने भन्ने हुन्न।'
यस अघिका सरकारहरू र प्रदेश सरकारहरूले पनि अध्यादेश ल्याउने गरेको चर्चा गर्दै मुख्यमन्त्री कार्कीले आगामी दिनमा सरकार चलाउनेहरूले अनावश्यक रुपमा विधेयकहरूको विरोध गर्न नहुने बताए।
यसै गरी कोसी प्रदेशको विकासका प्रदेश सरकारले विभिन्न योजनाहरू सुरु गरिएको उनले बताए। मुख्यमन्त्री कार्कीले कोसी प्रदेशको पर्यटन विकासका लागि विभिन्न पदमार्गहरू निर्माणको काम सुरु गरिएको जानकारी दिए।
प्रदेश सरकारले २९ वटा पालिका जोड्ने गरीको ४ वटा पदमार्ग निर्माणको काम सुरु दातृ निकायसँगको सहकार्यमा सुरु गरेको जानकारी दिए। पछिल्लो समयमा विकास निर्माणको क्रम बढेको बताए। उनले नयाँ सत्ता समीकरण बनेपछि सकारात्मक परिवर्तनहरू देखिन थालेको दाबी गरे।
Shares

प्रतिक्रिया