कोशी


कोसीमा २० वर्ष पुराना तथा बक्यौता रहेका सवारी साधनलाई करछुट

कोसीमा २० वर्ष पुराना तथा बक्यौता रहेका सवारी साधनलाई करछुट

नेपालखबर
साउन २९, २०८२ बिहिबार १५:२, विराटनगर

कोशी प्रदेश सरकारले २० वर्ष पुराना, सञ्चालन अयोग्य तथा लामो समयदेखि कर बक्यौता रहेका सार्वजनिक तथा निजी सवारी साधनमा विशेष कर छुटको व्यवस्था गरेको छ।

यातायात व्यवस्था कार्यालय, विराटनगरले जारी गरेको सूचनाअनुसार चालु आर्थिक वर्ष २०८२र८३ को आर्थिक ऐनअनुसार छुट पाउनका लागि २०८२ पुष मसान्तभित्र कर बुझाउँदा छुट पाउने भनिएको छ।

सूचनामा भनिएको छ, ‘२० वर्ष पुरा भई स्क्रयापमा गएका, दुर्घटनामा परेर सञ्चालनमा नरहेका वा जफत भएका सार्वजनिक सवारीका मालिकले चालु वर्षको मात्र सवारी कर बुझाएमा बाँकी सबै कर, दस्तुर तथा जरिवाना माफ हुनेछन्।’ 

दर्ता प्रमाणपत्र हराएको वा नासिएको अवस्थामा सम्बन्धित ट्राफिक प्रहरीको सिफारिसमा लगत कट्टा गरिने कार्यालयले जनाएको छ।

यस्तै, पाँच वर्षभन्दा बढी समयदेखि कर बक्यौता रहेको सार्वजनिक वा निजी सवारीको दर्ता खारेज गर्न इच्छुक सवारीधनीले पनि चालु वर्षको मात्र कर बुझाएमा बाँकी रकम छुट पाउनेछन्।

त्यसैगरी, तीन वर्षभन्दा बढी अवधिसम्म कर तथा नवीकरण दस्तुर नतिरेका सवारीधनीले २०८२ पुष मसान्तभित्र आएर पछिल्ला तीन वर्षको कर, दस्तुर र जरिवाना बुझाएमा बाँकी अवधिको जरिवाना माफ गरी नवीकरण गर्ने भनिएको कार्यालयले जनाएको छ।

यातायात व्यवस्था कार्यालय विराटनगरले तोकिएको समयसीमा भित्र कर बुझाउन सेवाग्राहीलाई आग्रह गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad