झापा जिल्लाको बिर्तामोड नगरपालिका–६ सुगम शान्ति टोल नजिकको तोरीबारी क्षेत्रमा हतियार फेला परेको छ।
बुधबार साँझ सिमल र तरुलको झाडीभित्र वेवारिसे अवस्थामा भेटिएको उक्त हतियार नेपाली सेनाको प्रयोगमा आउने इन्सास राइफल (नं. ०३११००८७२) भएको प्रहरीले जनाएको छ।
हतियारसँगै त्यसको म्याग्जिन १ थान, १९ राउण्ड सावुत र २ राउण्ड बेसावुत गोली पनि फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र खड्काले बताए।
प्रहरीका अनुसार, सो हतियार गत असोज २४ गते जेन–जी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएको थियो।
बरामद गरिएको हतियारलाई प्रहरीले बरामद गरेर इलाका प्रहरी कार्यालय अनारमनीमा राखेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
दमक र विर्तामोडबाट लुटिएका २२ थान हतियार अझै नभेटिएको प्रहरीले जनाएको छ ।
Shares

प्रतिक्रिया