कोशी


एमाले मोरङको ‘आफ्नो कार्यालय, आफैं बनाऔँ’ अभियान सुरु

एमाले मोरङको ‘आफ्नो कार्यालय, आफैं बनाऔँ’ अभियान सुरु

नेपालखबर
कात्तिक १९, २०८२ बुधबार २१:२६, विराटनगर

भदौ २४ गतेको ‘जेन–जी आन्दोलन’का क्रममा तोडफोड र आगजनीका कारण क्षतिग्रस्त बनेको नेकपा (एमाले) मोरङ जिल्ला कमिटीको पार्टी कार्यालय पुनर्निर्माण अभियान सुरु भएको छ।

विराटनगरमा सुरु गरिएको उक्त अभियानलाई ‘आफ्नो कार्यालय, आफैँ बनाऔँ’ नाम दिइएको छ। अभियानको नेतृत्व नेकपा (एमाले) केन्द्रीय सदस्य तथा मोरङ जिल्ला इञ्चार्ज जीवन घिमिरेले गरे।

उनले जेन–जी आन्दोलनको क्रममा घुसपैठी तत्वहरूले नोक्सान पुर्‍याएको पार्टी कार्यालय पार्टीकै कार्यकर्ताहरूको श्रमदान र मुठीदानबाट पुनर्निर्माण गर्ने निर्णय गरिएको बताए ।

घिमिरेले भने, ‘जेन–जी आन्दोलनले देशको समग्र अर्थतन्त्रलाई समेत प्रभावित पारेको छ। यस्तो अवस्थामा हामी आफ्नै बलबुतामा पार्टी कार्यालय पुनर्निर्माण गरेर एक सकारात्मक सन्देश दिन चाहन्छौं।’

उनका अनुसार, पुनर्निर्माण अभियानमा पार्टीका विभिन्न संगठन, जनसंगठन र कमिटीहरूले श्रमदान गर्नेछन् भने प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसन, नेपालले प्राविधिक सहयोग प्रदान गर्नेछ।
अभियानको पहिलो दिनको श्रमदानमा सहभागी नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतको नेतृत्वमा काम शुरू भएको छ।

जेन–जी आन्दोलनका क्रममा देशभरका एमाले कार्यालयहरूलाई निशाना बनाइएको बस्नेतले बताए। तर मोरङ जिल्लाले आफ्ना कार्यकर्ताहरूको योगदानबाटै कार्यालय पुनर्निर्माण गर्ने निर्णयले पार्टीभित्र एकता र आत्मविश्वासको सन्देश दिएको बताए।

उनले पार्टीको प्रदेश र जिल्ला कार्यालय रहेको भवन पुनर्निर्माणमा महासंघका नेता–कार्यकर्ताहरूले श्रमदान र मुठीदान दुवै किसिमले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। अभियानको पहिलो दिन भएको श्रमदान कार्य नेपाल खेलकुद महासंघ विराटनगर महानगर कमिटीको समन्वयमा सम्पन्न भएको थियो।

कार्यक्रममा महासंघका केन्द्रीय कमिटी, कोशी प्रदेश कमिटी, मोरङ जिल्ला कमिटी र विराटनगर महानगर कमिटीका पदाधिकारी तथा सदस्यहरूको उत्साहपूर्ण सहभागिता रहेको महासंघ मोरङका सचिव विशाल बानियाँले जानकारी दिए। 

प्रदेश कार्यालय र मोरङ कार्यालयमा १ करोड ५ लाख क्षति भएको एमालेले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad