मोरङ जिल्ला प्रहरी कार्यालयले विराटनगरमा तास खेलिरहेका ६ जनालाई नगदसहित नियन्त्रणमा लिएको छ।
विराटनगर महानगरपालिका वडा नं. ९, सोमबारेस्थित खाली घरमा गएराति तास खेलिरहेका बेला प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरी निरीक्षक अभिषेक कुमार श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले छापा मार्दा ३ बुक तास, ४४ हजार १६५ रुपैयाँ र २ हजार ५०० भारतीय रुपैयाँसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।
माेरङ प्रहरीका अनुसार विराटनगर महानगरपालिकाका विभिन्न वडामा बस्ने ५७ वर्षीय खगेन्द्र गिरी, ६२ वर्षीय एतन कुमार खड्का, ५७ वर्षीय भरत प्रसाई, ५६ वर्षीय राजु रञ्जितकार, ६१ वर्षीय सुरेन्द्र बहादुर कार्की र ४२ वर्षीय लक्ष्मण सहनीलाई तास खेलिरहेका बेला पक्राउ गरिएको हो।
पक्राउ परेका सबैलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ।
Shares

प्रतिक्रिया