कोशी


कोसी प्रदेशले ३९ अर्बको बजेट प्रस्तुत गर्दै

कोसी प्रदेशले ३९ अर्बको बजेट प्रस्तुत गर्दै

नेपालखबर
असार १, २०८३ सोमबार १४:०, विराटनगर

कोसी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि करिब ३९ अर्बको बजेट आज  (सोमबार) सार्वजनिक गर्दैछ। आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले दिउँसो ३ बजे बस्ने प्रदेशसभाको नवौँ अधिवेशनको एघारौँ बैठकमा बजेट प्रस्तुत गर्दैछन्।

यसपटक कोसी सरकारले करिब ३९ अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको छ। चालु आर्थिक वर्षको ३६ अर्ब २ करोड रुपैयाँको बजेटको तुलनामा आगामी वर्षको बजेट करिब ४ अर्ब रुपैयाँले बढी हुनेछ।

संघीय सरकारको बजेटको आकार वृद्धि हुनुका साथै अनुदान रकम बढेकाले प्रदेशको बजेट पनि विस्तार हुन लागेको हो। प्रदेश सरकारले आगामी बजेटमा भौतिक पूर्वाधार, कृषि र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको जनाएको छ। बजेटले शिक्षा, स्वास्थ्य र सूचना प्रविधि क्षेत्रलाई  प्राथमिकता दिइएको मन्त्री लिङ्थेपले जानकारी दिए।

संघीय सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको समता शुल्क तथा ५० युनिटभन्दा बढी विद्युत् खपतमा लगाइएको भ्याटबाट प्रभावित निम्न मध्यम वर्ग र सुकुमवासी समुदायलाई राहत दिने गरी प्रदेश सरकारले केही विशेष कार्यक्रम ल्याउने तयारी गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad