ad ad

जीवनशैली


सातामा २ दिन व्यायाम गरेर पनि बन्न सकिन्छ स्वस्थ

सातामा २ दिन व्यायाम गरेर पनि बन्न सकिन्छ स्वस्थ

नेपालखबर
साउन १०, २०७९ मंगलबार १३:४४, काठमाडौँ

सकेसम्म दैनिक रुपमा शारीरिक अभ्यास गर्नु स्वास्थ्यका लागि राम्रो कुरा हो तर दैनिक रुपमा शारीरिक व्यायाम गर्न नसक्नुको अर्थ आफूलाई स्वस्थ राख्नै सकिँदैन भन्नेचाहिँ हुँदैन। 

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले शारीरिक गतिविधिको लागि केही निर्देशिका तयार पारेको छ। जसमा एक वयस्क मानिसले ७५ मिनेट कडा किसिमको शारीरिक अभ्यास वा १५० मिनेटमा सामान्य शारीरिक अभ्यास गरेर आफूलाई स्वस्थ राख्न सकिने उल्लेख गरेको छ। 

विशेषज्ञहरुले पनि साताभर नै नियमित शारीरिक अभ्यास गर्न सुझाव दिए पनि यो सबैका लागि सम्भव नहुन पनि सक्छ। 

अन्तर्राष्ट्रिय शोधकर्ताहरुको एक समूहले सन् १९९७ देखि २०१३ सम्मको अवधिमा ३ लाख ५० हजारभन्दा धेरै अमेरिकीमा गरिएको अध्ययनले भने केही फरक तथ्य पत्ता लागेको छ। 

सप्ताहान्तमा व्यायामको स्वास्थ्यलाभ 
वर्षौंसम्म गरिएको अध्ययनमा प्रत्येक मानिसको १० वर्षको अवधिलाई ट्र्याक क गरिएको थियो। उनीहरुममध्ये प्रत्येक साता दुई दिन ७५ मिनेट कडा वा १५० मिनेट हल्का शारीरिक व्यायाम गर्ने मानिसहरुमा शारीरिक रुपमा निष्क्रिय मानिसको तुलनामा मृत्युको जोखिम आठ प्रतिशत कम देखिएको थियो।

त्यस्तै हृदय रोग, क्यान्सरजस्ता सबै कारणबाट मृत्युको जोखिम साताको तीनदेखि पाँच दिनसम्म शारीरिक व्यायाम गर्ने मानिसबराबरकै रहने गरेको पाइएको थियो।

यद्यपि साताको सबै दिन नियमित शारीरिक अभ्यास गर्नेहरुमा भने मृत्युको जोखिम केही कम देखिएको थियो। यद्यपि तथ्यांकको हिसाबमा त्यो पनि खासै कम भने थिएन। त्यसैले तुलनात्मक रुपमा साताको दुई दिन मात्र अभ्यास गर्नु निकै फाइदाजनक हुने अध्ययनको निष्कर्ष छ। 

अतिरिक्त व्यायामबाट कति फाइदा हुन्छ? 
केवल २३ प्रतिशत अमेरिकीले मात्र सातामा ७५ मिनेट कडा शारीरिक अभ्यास वा १५० मिनेटमा हल्का व्यायाम गर्ने गरेको अमेरिकाको स्वास्थ्य विभागले बताएको छ।  

यहाँ व्यायामको लागि समय कसरी बनाउने भन्ने उल्लेख छ–

यदि तपाइँ नियमित रूपमा व्यायाम गर्न सक्नुहुन्न भने, हप्तामा तीन देखि पाँच दिन, अझै सक्नुहुन्न भने एक वा दुई दिनमा ७५ मिनेटमा कडा शारीरिक अभ्यास वा १५० मिनेटको हल्का शारीरिक अभ्यास गर्न सक्नुहुन्छ। जुन स्वास्थ्यको लागि निकै राम्रो हुन्छ। त्यसैले सातामा बिदाको दिन पारेर निर्धारित समय छुट्याएर शारीरिक अभ्यास गर्नु राम्रो हुन्छ। 

यो अध्ययनले कुनै शारीरिक व्यायाम नगर्नुको तुलनामा बिदाको दिन मात्र शारीरिक व्यायाम गर्नु धेरै राम्रो हुने निकर्ष निकालेको अध्ययनमा संलग्न शोधकर्ताको भनाइ छ। 

कडा र  हल्का शारीरिक अभ्यासबीचको भिन्नता के हो? 
कडा व्यायाम वा शारीरिक गतिविधिमा धेरै पसिना आउने र श्वासप्रश्वास र मुटुको गतिमा ठूलो वृद्धि हुन्छ। 

यूएस सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी)का अनुसार कडा व्यायाम वा शारीरिक अभ्यासको सूचीमा पौडी, दौड, टेनिस, एरोबिक डान्स र १० किलोमिटर प्रतिघण्टा वा सोभन्दा बढी गतिमा साइकल चलाउनुजस्ता गतिविधिलाई राखिएको छ। 

कडा व्यायामले मुटुको दर लगभग १४२ बीट्स प्रति मिनेट वा सोभन्दा बढी हुन सक्छ सीडीसीले उल्लेख गरेको छ। 

हल्का किसिमको शारीरिक व्यायाममा भने छिटोछिटो हिँड्नु, सुस्त गतिमा साइकल चलाउनुजस्ता गतिविधि सामेल छन्। हल्का शारीरिक अभ्यासमा मुटुको गति १०९ बिट्स प्रतिमिनेटको हाराहारीमा रहन सक्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .