ad ad

जीवनशैली


यी चार आनीबानी, जसले बढाउँछ मानसिक शक्ति

यी चार आनीबानी, जसले बढाउँछ मानसिक शक्ति

नेपालखबर
साउन २१, २०७९ शनिबार १४:१८, काठमाडौँ

हाम्रो हरेक आनीबानीले मानसिक शक्तिमा असर पारिरहेको हुन्छ। कस्तो लुगा लगाउने? के खाने? कुन तरिकाले काम गर्ने? कामको समयमा आएका फोनलाई कसरी व्यवस्थापन गर्नेलगायतका कुरामा मानिसको मानसिक ऊर्जाको प्रयोग भइरहेको हुन्छ। 

हामी निरन्तर सफलताको लागि अघि बढिरहँदा आफ्नो मानसिक ऊर्जाको प्रयोग अधिकतम गर्नु जरुरी हुन्छ। एक उद्यमीको लागि आफ्नो व्यवसाय सफल बनाउन मानसिक ऊर्जा निकै महत्वपूर्ण हुन्छ। 

मानसिक ऊर्जा बढाउन सबैभन्दा पहिला तनाव कम गर्नु जरुरी हुन्छ। त्यसको लागि यी चार सरल बानी परिवर्तन गर्नु जरुरी हुन्छ– 

१. दैनिक तालिकाको मूल्यांकन
कुनै स्पष्ट स्व सचेतना विना नयाँ ऊर्जा आफूमा विकास गर्नु भनेको अँध्यारोमा ढुङ्गा हान्नुजस्तै हो, जसले सोचेजस्तो राम्रो नतिजा नदिन पनि सक्छ। 

त्यसैले आफूलाई अपडेट राख्ने सबैभन्दा सजिलो उपाय भनेको विचार गरेर के कुराले र कहिले आफूलाई निकै ऊर्जा आउँछ भन्ने थाहा पाउनु हो। साथै आफ्नो महत्वपूर्ण ऊर्जा केमा खर्च भइरहेको र भन्ने जान्नु पनि महत्वपूर्ण हुन्छ।

यसरी पत्ता लगाइसकेपछि उक्त ऊर्जाको सदुपयोग गर्दै नतिजा बढाउन सकिन्छ। आफ्नो ऊर्जा नकारात्मक कार्यको लागि खर्च भइरहेको छ वा नकारात्मक कुराले आफ्नो ऊर्जामा असर गरिरहेको छ भने त्यसबाट टाढा रहने प्रयास गर्नुपर्छ। हरेक दिन आफ्नो कार्यतालिकाबारे विचार गरेर ऊर्जा खर्च हुने स्रोत पत्ता लगाउन र समस्या समाधान गर्न सकिन्छ। 

२. बिहानको समयको भरपूर प्रयोग गर्नु 
बिहानको समयमा छिटै उठ्ने बानी धेरै कारणले राम्रो मानिन्छ। बिहान कम्तीमा १० मिनेट मात्र शारीरिक अभ्यास गर्नुले पनि मानिसको सिर्जनशीलता बढाउन र मनस्थिति स्वस्थ राख्न सहयोग पुग्छ। जसबाट तपाईंले गरेको कामको नतिजा राम्रो आउन सक्छ। 

३. रातको समयलाई ध्यान दिनु 
रातको समयमा राम्रो निद्रा पर्नुले पनि दिनको कार्यसम्पादनमा प्रभाव पार्छ। राम्रो निद्रा परेको भोलिपल्ट तपाईंका ऊर्जाको स्तर बढेको हुन्छ। राम्रो निद्राको लागि ब्लु लाइट कम हेर्ने र सधैं एउटै समयमा सुत्ने बानीको विकास गर्नुपर्छ। यसले पनि राम्रो निद्राको लागि सहयोग पुर्‍याउँछ।

४. सही कदम चाल्न तरिकाले काम सम्पन्न गर्नु 
सबै काम एकैपटक गर्नभन्दा पनि एउटै कामलाई राम्रोसँग पूरा गर्ने बानी बसाल्नुपर्छ। धेरै काम गर्नेभन्दा पनि एउटै काम राम्रोसँग पूरा गर्ने बानीको विकास गर्नुपर्छ। 

एकैपटक धेरै किसिमको कामको जिम्मेवारी लिनाले निराशा, दिक्दारी, स्वास्थ्य बिग्रिने र काम पनि राम्रो नहुने समस्या हुन्छ। 
त्यस्तै राम्रो कामको लागि बेलाबेलामा छोटो ब्रेक लिने बानी बसाल्नुपर्छ। यसो गर्दा कार्यसम्पादनको नतिजा पनि राम्रो आउँछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .