ad ad

जीवनशैली


चिन्ता र डिप्रेसनबाट बच्ने टिप्स

चिन्ता र डिप्रेसनबाट बच्ने टिप्स

सांकेतिक तस्बिर


नेपालखबर
भदौ २६, २०७९ आइतबार १४:६, काठमाडौँ

चिन्ता र डिप्रेसनले धेरै मानिसको मानसिक स्वास्थ्यमा नकारात्मक असर पारिरहेको हुन्छ। त्यस्तै चिन्ता डिप्रेसनको स्तर पनि फरक फरक मानिसमा फरक फरक हुन्छ।

मानिसको दैनिक जीवनमा यसले खासै असर पारेको छैन भने त्यसलाई सामान्य मानिन्छ तर दैनिक गतिविधिमा नै यसले असर पार्न थाल्यो भनेचाहिँ विशेषज्ञको सल्लाह लिन जरुरी हुन्छ। 

यद्यपि समस्या आएर उपचार गराउनु भन्दा आउन नदिनु नै राम्रो हो। त्यसका लागि यहाँ केही उपाय उल्लेख गरिएको छ– 

– दैनिक योग गर्नाले पनि चिन्ता, तनाव र डिप्रेसनबाट बच्न सकिन्छ। त्यसका साथै आफ्नो मनलाई शान्ति दिने किसिमको संगीत सुन्ने, मेडिटेसन लिने, तनाव हटाउन मसाज गर्नेजस्ता कार्यबाट पनि चिन्ता र तनावबाट मुक्ति पाउन सकिन्छ। 

– सन्तुलित आहार खानु स्वास्थ्यको लागि निकै महत्वपूर्ण हुन्छ। हाम्रो मुड हामीले के खानेकुरा खान्छौं भन्ने कुरामा निकै हदसम्म निर्भर हुन्छ। एकैपटक धेरै खानेभन्दा पनि थोरैथोरै बेलाबेलामा खाइरहने बानी मानसिक स्वास्थ्यको हिसाबमा राम्रो मानिन्छ। 

– मानसिक स्वास्थ्य राम्रो राख्न अल्कोहलबाट पनि टाढै बस्नु जरुरी हुन्छ। यसले मानिसमा तनाव बढाउने काम गर्छ। 

– पर्याप्त मात्रामा नसुत्दा पनि मानसिक समस्या देखिन्छ। कुनै मानसिक स्वास्थ्यसँग सम्बन्धित समस्या भएका मानिसलाई त झन् थप आराम र निद्राको जरुरी हुन्छ। कति घण्टा सुत्नुहुन्छ भन्ने कुराले खासै असर नगरे पनि कत्तिको मस्तको निद्रा प¥यो भन्ने कुरा महत्वपूर्ण हुन्छ। सुत्नुभन्दा अगाडि स्क्रिन हेर्ने बानीले मानिसको निद्रा दुई घण्टासम्म धकेलिन सक्छ। त्यसैले सुत्नुअघि स्क्रिन हेर्ने बानी गर्नुहुँदैन। 

– दैनिक शारीरिक अभ्यास पनि मानसिक स्वास्थ्यको लागि महत्वपूर्ण कुरा हो। शारीरिक अभ्यास गर्दा मानिसको मस्तिष्कले इन्डोर्फिन हर्मोन उत्पादन गर्छ। यो मानिसलाई खुसी बनाउन आवश्यक पर्ने हर्मोन हो। यसले मानिसको मुड ठिक बनाउन सहयोग गर्छ र यसले तपाईंको मानसिक स्वास्थ्य पनि राम्रो बनाउँछ। 

– सबै कुरामा उत्कृष्ट बन्नुपर्ने चिन्तासँग सम्बन्धित मानसिक समस्या हो। त्यसैले सबै कुरामा उत्कृष्ट बन्ने प्रयास गर्नुभन्दा पनि जे कुरा पाउन सहज छ, त्यसैमा आफ्नो ध्यान केन्द्रित गर्नु राम्रो हुन्छ। त्यसका लागि त्यसका लागि विशेष, मापन गर्न सकिने, हासिल गर्न सकिने, वास्तविकतामा आधारित र समयले भ्याउनेसम्मको मात्र लक्ष्य राख्नुपर्छ। 

– तपाईंले सबै कुरालाई नियन्त्रणमा राख्न सक्नुहुन्न भन्ने कुरा स्वीकार गर्नु जरुरी हुन्छ। तपाईंले आफ्नो चिन्ता व्यवस्थापनका लागि ‘के यो तपाईंले सोचेजस्तै नराम्रो भइरहेको छ?’ भन्ने प्रश्नको उत्तर खोज्नु जरुरी हुन्छ। धेरै मानिसको अनुभवले धेरै चिन्ता गर्ने मानिसले आफ्नो सोचलाई नियन्त्रणमा राख्नु जरुरी हुन्छ। 

– दैनिक जीवनमा हाँस्ने वा खुसी हुनको लागि रमाइलो कुरा, जोक्स र अन्य हाँस्ने वातावरण सिर्जना गर्ने र उक्त वातावरणमा घुलमिल हुने प्रयास गर्नु राम्रो हुन्छ। यसले तपाईंको धेरै मानसिक समस्या समाधान गर्न सहयोग गर्छ। 

– सकारात्मक व्यवहारले पनि मानसिक समस्या आउनबाट बचाउन सक्छ। तपाईंले देखाउने सकारात्मक व्यवहारले तपाईंमा पनि सकारात्मक सोचको विकास हुन्छ। आफ्नो सोचमा परिवर्तन गरेर अन्य मानिसमा पनि सकारात्मक पक्षको खोजी गर्नु राम्रो हुन्छ।

– एउटा सञ्जाल बनाउनु र सामाजिक गतिविधिहरुमा सक्रिय रहनु पनि मानसिक स्वास्थ्य राम्रो राख्ने उपाय हो। यसरी सामाजिक गतिविधिमा सरिक हुने बानीले तपाईंलाई तनावबाट मुक्ति पाउन सहयोग पु¥याउँछ। आफूलाई विश्वास लाग्ने मानिससँग कुरा गर्नुहोस्। उनीहरुसँग आफ्नो सोच र आफूलाई महसुस भइरहेको कुरा सुनाउनुहोस्। यसले पनि चिन्ता र डिप्रेसनबाट मुक्ति पाउन सहयोग पुग्छ। 

– के कारणले आफूलाई चिन्ता हुन्छ भन्ने कुरा पहिचान गर्नु पनि निकै महत्वपूर्ण हुन्छ। काम, परिवार, विद्यालय वा अन्य केही कुराले तपाईंलाई चिन्ता दिएको हुन्छ। त्यो कुरा पत्ता लगाएर त्यसबाट कसरी पार पाउन सकिन्छ भन्ने आकलन गर्नु राम्रो हुन्छ। 

– तालिका बनाउनाले पनि चिन्ता वा तनाव घटाउन धेरै सहयोग पुग्छ। नियमित कार्यतालिकामा चल्नाले पनि चिन्ता तथा डिप्रेसनको समस्या हटेर जान्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .