ad ad

जीवनशैली


मानिसहरुले यी कारणले राख्छन् विवाहेतर सम्बन्ध

मानिसहरुले यी कारणले राख्छन् विवाहेतर सम्बन्ध

नेपालखबर
असोज ३०, २०७९ आइतबार १६:३०, काठमाडौँ

विवाह एक पवित्र सम्बन्ध हो। मानिसहरु कहिले पनि नछुटिने वाचाका साथ यो सम्बन्धमा जोडिएका हुन्छन्। विवाह जुनसुकै किसिमको होस्, आफ्नो जोडीलाई कसैले पनि अरुसँग बाँड्न चाहँदैनन्।

तर, पनि विवाहेतर सम्बन्धको कारण विभिन्न किसिमको समस्या आएका समाचारहरु आइ नै रहेका हुन्छन्। विवाहेतर सम्बन्ध पनि एकै किसिमको भने हुँदैन।

मानिसहरु फरक फरक कारणले विवाहेतर सम्बन्धमा जोडिन पुग्छन्। यहाँ केही प्रकारका विवाहेतर सम्बन्धबारे उल्लेख गरिएको छ– 

१. भावनात्मक सम्बन्ध 
भावनात्मक सम्बन्ध कुनै विशेष किसिमको सम्बन्धबाट सुरु हुन सक्छ।

सिंम्पली हायरले गरेको एक सर्वेक्षणअनुसार यस किसिमको विवाहेतर सम्बन्ध एउटै कार्यालयमा काम गर्ने सहकर्मीको बीचमा हुन सक्छ। यस्तो सम्बन्धमा यौन सम्बन्धभन्दा पनि उनीहरु भावनात्मक रुपमा एकअर्कासँग जोडिएका हुन्छन्। 

२. रोमान्टिक सम्बन्ध 
रोमान्टिक अफेयर्स विवाहभन्दा पहिलादेखि नै सुरु भएको हुन्छ। जब मानिसलाई कुनै पनि व्यक्ति विना आफू बाँच्न सक्दिनँ भन्ने आभाष हुन्छ। त्यसले विवाहेतर सम्बन्धलाई जन्म दिन्छ। 

३. वान नाइट स्ट्यान्ड 
यस किसिमको सम्बन्ध विवाहपछि नै सुरु हुन्छ। विशेषगरी आफ्नो वैवाहिक जीवनमा सन्तुष्ट नभएका मानिसमा यस किसिमको समस्या देखिन्छ। यो सम्बन्धमा भावना निकै कम हुन्छ। यस्तो सम्बन्ध शारीरिक इच्छा पूरा गर्नको लागि मात्र पनि हुने गर्छ। 

४. प्रतिशोधात्मक सम्बन्ध 
यो सबैभन्दा जोखिमपूर्ण सम्बन्ध हो। यस्तो सम्बन्ध एउटा सम्बन्ध तोडेपछि त्यसको प्रतिशोधको लागि बन्ने गरेको छ। तर, दोस्रो सम्बन्धमा भावना कम र प्रतिशोध धेरै हुन्छ।

पूर्व प्रेमी वा प्रेमिकालाई देखाउनकै लागि मात्र वैवाहिक सम्बन्धमा गाँसिए पनि उनीहरुको मन भने पूर्व प्रेमी वा प्रेमिकाप्रति नै अड्किएको हुन्छ। 

५. साइबर सम्बन्ध 
यो आधुनिक किसिमको सम्बन्ध हो। यस किसिमको सम्बन्ध पछिल्लो समय धेरै देखिने गरेको छ। यो सम्बन्धमा मानिसहरु गुमनाम भएर मानिसको भवनासँग खेलिरहेका हुन्छन्। यस किसिमको सम्बन्ध कहिलेकाँही इमोसनल सेक्सुअल र अश्लील पनि हुन सक्छ। 

६. सेक्स एडिक्ट अफेयर 
यस किसिमको विवाहेतर सम्बन्ध अत्यधिक यौन इच्छाको कारण उत्पन्न हुन्छ। यो सम्बन्धमा मानिसहरु भावनात्मकरुपमा जोडिएका हुँदैनन्। यस्तो सम्बन्धमा रहने मानिसहरु आफ्नो वैवाहिक जीवनमा भने खुसी हुँदैनन्। 

७. एग्जिट स्ट्रेटजी अफेयर 
यस किसिमको सम्बन्ध आफ्नो पुरानो सम्बन्ध त्याग्ने मनसायमा सुरु हुन्छ। कसैले आफ्नो नयाँ सम्बन्धबारे पत्ता लगाओस् र आफू पुरानो सम्बन्धबाट बाहिर निस्किन सकियोस् भन्ने यस किसिमको सम्बन्धको उद्देश्य हुन्छ। 

८. लभ एडिक्ट अफेयर 
वर्तमान वैवाहिक जीवनमा आफूले पर्याप्त माया नभएको अनुभूति गर्ने मानिसमा यस किसिमको विवाहेतर सम्बन्ध देखिन सक्छ।

उनीहरुलाई आफूले गलत जीवनसाथी छानेको महसुस हुन्छ। यस्ता मानिसहरु बाहिर कोहीसँग सम्बन्ध बनाउन चाहन्छन्। यस किसिमको सम्बन्ध सेक्सुअल व इमोसनल दुवै हुन सक्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .