ad ad

जीवनशैली


अबेला खाना खाने मानिसलाई मोटोपनाले सताउँछ

अबेला खाना खाने मानिसलाई मोटोपनाले सताउँछ

नेपालखबर
असोज ३१, २०७९ सोमबार २२:८, काठमाडौँ

एक अनुसन्धानले बिहानै खाने बानीले मानिसलाई मोटोपनाबाट बचाउन सक्ने देखाएको छ।

एक दिनमा १० घण्टाको समयभित्र खाने बानीले पनि स्वस्थ रहन सहयोग गर्ने गरेको अध्ययनले देखाएको छ।

अमेरिकाको मासाचुएट्सस्थित बोस्टोनको ब्रिघम एण्ड वुमन्स हस्पिटलका विशेषज्ञहरुले गरेको अनुसन्धानमा दिनमा चार घण्टा ढिलो खाने मानिसको ऊर्जा तुलनात्मकरुपमा सुस्त गतिमा खर्च भइरहेको हुन्छ। जसले शरीरमा फ्याट बढाउँछ, जुन मोटोपनाको कारक हो। 

जर्नल सेल मेटाबोलिज्ममा प्रकाशित अध्ययनको नतिजाअनुसार खाना खाने समयअनुसार पनि भोक कति लाग्ने भन्ने कुराको निर्धारण हुन्छ।

त्यस्तै ऊर्जा खर्च हुने र खाना पचाउने प्रक्रियामा पनि खाना खाने समयले ठूलो अर्थ राख्छ।

अध्ययनको क्रममा १६ बढी तौल भएका मानिसहरुलाई फरक फरक समयमा खाना खान दिइएको थियो।

जसमा एउटा समूहलाई बिहानको ९ बजे, दिउँसो १ बजे र साँझ ५ बजे खाना खान दिइन्थ्यो भने अर्को समूहलाई दिउँसो १, ५ बजे र बेलुका ९ बजे खाना दिइन्थ्यो।

अनुसन्धानको क्रममा दोस्रो समूहका मानिसहरुलाई धेरै भोक लाग्ने गरेको पाइयो। त्यस्तै उनीहरुमा अघाएको महसुस हुने हर्मोन लोप्टिनको मात्रा पनि कम रहने गरेको पाइएको थियो। 

त्यस्तै बिहान छिटै खाने मानिसको ऊर्जा खर्च हुने दर पनि बढी हुने गरेको अध्ययनले देखाएको छ।

आगामी दिनमा आफूहरु अबेला खाने मानिसमा मोटोपनाको जोखिम बढी हुनुको कारण के हो भन्ने कुराको अध्ययन गर्ने योजनामा रहेको अध्ययनमा संलग्न एक शोधकर्ताले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .