ad ad

जीवनशैली


यस्तो समस्या हुँदा खान सकिन्छ दालचिनी, के फाइदा?

यस्तो समस्या हुँदा खान सकिन्छ दालचिनी, के फाइदा?

नेपालखबर
माघ १८, २०७९ बुधबार १७:२८, काठमाडौँ

दालचिनी श्रीलङ्काबाट अन्यत्र फैलिएको मानिन्छ। इसापूर्व पाँचौं शताब्दीतिर नै अलैँची समुद्रको बाटो हुँदै मिश्रमा पुगिसकेको मान्यता छ। 

दालचिनीमा भएको पिरो पिरो स्वादमा औषधीय गुण पनि रहन्छ दालचिनी र अलैंची दुवै मिसाएर प्रयोग गर्नाले भोजन पचाउन र पोषणमा मद्दत गर्छ।

यस्तो समस्या हुँदा खान सकिन्छ दालचिनी
–घरेलु समाधान वाकवाक लाग्दा

एउटा सानो टुक्रा दालचिनी मुखमा राखेर चुसिरहने।खासगरी गर्भावस्थामा, मोटर चढेका बेला, गर्मी बढी हुँदा दालचिनी चुस्दा फाइदा हुन्छ। 

–झाडापखाला लाग्दा 
एक चम्चा जिराको धुलो, एक चम्चा अदुवाको धुलो र एक चम्चा दालचिनीको धूलो महमा मिसाएर लेदोजस्तो बनाउने । दिनको तीनचोटि एक एक चम्चा खाने ।

–मुख गन्हाउँदा 
दालचिनीलाई मसिना टुक्रा पारेर एक चम्चा पानीमा भिजाएर उमाल्ने र त्यस पानीले बारम्बार मुख कुल्ला गर्ने साथै मुखमा दालचिनी वा सुप राखेर चुसिरहने । 

–सुत्केरीको दूध बढाउन
आधा चम्चा दालचिनीको धुलो राखी एक कप दूधमा मिसाएर खाने । 

–खोकी लाग्दा 
आधा चिया चम्चा अदुवाको धुलो र एक चौथाइ चिया चम्चा दालचिनीको धुलो हालेर पानीमा पकाउने । पानी उमालेपछि कागती र मह पनि हालेर खाने । कागती र महले स्वाद बढाउनुका साथै चिसो हटाउन पनि मद्दत गर्छ। 

–चिसो लागेर घाँटी दुख्दा 
आधा चिया चम्चा दालचिनी र आधा चिया चम्चामरिच पानीमा मिसाएर उमाल्ने र मह र कागती मिसाएर पिउने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .