ad ad

जीवनशैली


उमेर बढेसँगै बढ्न सक्छ हड्डी भाँचिने समस्या, कसरी बच्ने?

उमेर बढेसँगै बढ्न सक्छ हड्डी भाँचिने समस्या, कसरी बच्ने?

फाइल।


नेपालखबर
माघ २४, २०७९ मंगलबार १०:४०, काठमाडौँ

विश्व स्वास्थ्य संगठनका अनुसार मुटुरोग पश्चात् विश्वकै सबैभन्दा ठूलो स्वास्थ्य समस्या भनेकै ‘ओस्टियोपोसिस’ हो। 

अर्थोपेडिक सर्जन डाक्टर दिपेन्द्र पाण्डेका अनुसार ओेस्टियोपोसिस भनेको हड्डी कमजोर तथा पातलोे हुनु हो। यसले हड्डीलाई निकै कमजोर बनाइदिन्छ जसले गर्दा साधारण चोटपटकले पनि भाँचिन्छ। 

‘ओस्टियो भनेको हड्डी हो। पोरोसिस भनेको प्वाल हो’, उनले भने ‘यो रोग लागेपछि सामान्य चोटपटक लाग्दा पनि हड्डी भाँचिने समस्यालाई बढावा दिन्छ।’ 

उनका अनुसार ओस्टियोपोरोसिसले विशेष गरेर मेरुदण्ड, नाडी, कुहिना र ढाडको हिपकोे हड्डीमा बढी असर पार्छ। 

रोग लाग्ने कारणः
ओस्टियोपोरोसिस हुँदा हड्डी कमलो र मखिने हुनाले सजिलै भाँचिने गर्छ। 

हड्डी कमजोर बनाउने औषधीहरूको प्रयोग, क्यान्सरको उपचारमा प्रयोग गरिने औषधीको सेवनले पनि ओस्टियोपोरोसिस गराउने डा.पाण्डेले बताए। उनका अनुसार धेरै जसो महिनावारी सुकेका महिलाहरूमा यो समस्या बढी देखिन्छ। 

अर्थोपेडिक सर्जन डा. दिपेन्द्र पाण्डे।

महिनावारी रोकिएपछि हर्मोनले हड्डी बलियो बनाई राख्ने भएकाले हर्मोन उत्पादन हुँदैन त्यसैले पुरुषको तुलनामा महिलामा यो समस्या बढी देखिन्छ। विशेषगरी ५० वर्षको उमेर पार गरेपछि यो रोग मानिसहरूलाई लाग्ने गर्दछ। एस्ट्रोजन हर्मोनको कमीले गर्दा यो समस्या बढी देखिन्छ।

ओस्टियोपोरोसिस दुई प्रकारको हुन उनको भनाइ छ। ‘एउटा प्राइमरी ओस्टियोपोरोसिस हो, जसलाई सामान्य प्रकारको मानिन्छ। अर्को सेकेन्डरी ओस्टियोपोरोसिस हो। हाईपरथाइराइडिज्म, हाईपरप्यारायडिज्म वा ल्युकेमिया लगायतका कारण सेकेन्डरी ओस्टियोपोरोसिस हुनेगर्छ।’

सेकेन्डरी ओस्टियोपोरोसिस उमेरसँगै बढेर जान्छ। जस्तो महिलाहरूमा रजनोवृत्ति पश्चात्त हड्डी कमजोर हुनु पनि यसमा पर्दछ। 

लक्षणः
ओस्टियोपोरोसिस भएमा यस्ता प्रकारका लक्षण देखिन्छन्ः
–जोर्नीको दुखाई
–कम्मर दुख्ने तथा शरीर कुप्रँदै जाने
–सीधा बस्न तथा हिँड्न गाह्रो हुने
–हड्डी कमजोर हुँदै जाने
–हड्डीहरु धेरै दुख्ने
–सानोतिनो चोटपटक लाग्दा पनि हड्डी भाँचिने

बच्ने उपायः
ओस्टियोपोरोसिस भएमा पर्याप्त क्याल्सियम तथा भिटामिन ‘डी’ , दूध, दही, पनीर लगायतका क्याल्सियमयुक्त डेरी प्रोडक्टको सेवन गर्नुपर्ने चिकित्सकहरू बताउँछन्।

सर्जन डा. पोडेका अनुसार धुम्रपान नगर्ने, दैनिक २३ मिलिग्राम मात्र नुनको सेवन गर्नुपर्छ। जसका लागि शरीरलाई धेरै भार पर्ने खालका व्यायामहरु नगर्ने, क्याल्सियम तथा भिटामिन ‘डी’ को सेवन गर्ने, चिकित्सकको सल्लाह बमोजिम ओस्टियोपोरोसिसको औषधी नियमित सेवन गर्ने लगायतका कुराहरु गर्नुपर्ने हुन्छ।

के खाने?
‘क्याल्सियमयुक्त रेसादार हरिया साजसब्जीको सेवनले पनि यो समस्या कम गर्न सकिन्छ’ डा. पाण्डेले भने। दालचिनी, लसु, ज्वानो तुलसी, पुदिना, र सुपले हड्डी बलियो बनाउने भएकाले धेरै खानुपर्ने उनले बताए। 

त्यस्तै माछा, मासु, सुुन्तला, बदाम, तिल पनि क्याल्सियमको राम्रो स्रोत भएकोले यस्ता खानेकुरा पनि लाभदायक मानिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .