नेपाल नेत्रज्योति संघले गत वर्ष सन् २०२२ मा नेत्रज्योति संघले ३० लाख ७ हजारको आँखा जाँच र २ लाख ७२ हजारको आँखाको सफल शल्यक्रिया गरेको छ।
नेपाल नेत्रज्योति संघको ४५ औं दिवसको अवसरमा सोमबार काठमाडौंमा आयोजना कार्यक्रममा संघका अध्यक्ष प्रा। डा। चेतराज पन्तले नेत्रज्योति संघले देशभरिका २७ आँखा अस्पताल र १५० आँखा उपचार केन्द्र मार्फत सन् २०२२ मा ३० लाख ७ हजारको आँखा २ लाख ७२ हजार जनाको शल्यक्रिया गरिएको जानकारी दिए।
त्यस्तै उनले विद्यालय आँखा जाँच कार्यक्रम मार्फत देश भरिका १० लाख भन्दा बढी बालबालिकाको आँखा जाँच गरेको बताए।
नेपाल नेत्रज्योति संघका महासचिव भरतबहादुर चन्दका अनुसार नेपालमा सन् १९१ मा १०० जनामध्ये १ जनामा दृष्टिविहीनताको अवस्था रहेकोमा सन् २०२० मा त्यो घटेर ३५ जना बरावर १ जनामा ल्याउन सफल हुनुमा संघको अहं भूमिका रहेको छ।
नेपाल नेत्रज्योति संघका कार्यकारी निर्देशक डा शैलेस मिश्रले संघले सन् २०२३ देखि २०३० सम्मको रणनीतिक योजना तयार पारेर सम्पूर्ण नेपालीलाई गुणस्तरीय आँखा उपचार सेवा उपलब्ध गराउँदै नेपाललाई आँखा उपचारको पर्यटन गन्तव्यमा रुपमा विकास गर्ने लक्ष्य दिएको जानकारी दिए।
प्रतिक्रिया