ad ad

साहित्य


साझा प्रकाशनले पुनः प्रकाशन गर्‍यो 'गरिमा'

साझा प्रकाशनले पुनः प्रकाशन गर्‍यो 'गरिमा'

नेपालखबर
असार २९, २०७९ बुधबार ६:२३, काठमाडौँ

साझा प्रकाशनले 'गरिमा साहित्यिक मासिक पत्रिका पुनः प्रकाशन गरेको छ।

प्रकाशनले मंगलबार आयोजना गरेको ‘२०९औँ भानुजयन्ती’को अवसर पारेर अध्यक्ष डा. विजय सुब्बा तथा ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य (बज्राचार्य)ले  संयुक्त रुपमा सो पत्रिकाको लोकार्पण गरेका थिए।

सुब्बाले सो पत्रिका २०३९ सालदेखि प्रकाशन सुरु भएको जानकारी दिँदै २०७४ साल कात्तिकदेखि बन्द भएको बताए।

'अब निरन्तर रुपमा प्रकाशन हुन्छ' उनले भने, 'अब यस पत्रिकाले नेपाली साहित्यको विकासमा धेरै योगदान गर्नेछ।'

स्थापनाकालमा क्षेत्र प्रताप अधिकारी अध्यक्ष तथा कृष्णचन्द्रसिंह प्रधान महाप्रबन्धक एवं विष्णु विभु घिमिरे संस्थापक सम्पादक रहेको सो पत्रिकाको सम्पादन हाल होमप्रसाद भट्टराई, भेषराज घिमिरे र प्रह्लाद पोखरेलले गरिरहेका छन्।

 कार्यक्रममा उपप्रमुख शाक्यले साझाले नेपाली साहित्य जोगाउने काम गरेको भन्दै प्रशंसा गरे।

प्रकाशनका पूर्वअध्यक्ष डा तुलसीप्रसाद भट्टराईले साझा मुलुककै छवि जोगाउने माध्यम रहेको र नेपाली इतिहास जोगाउन यसलाई बलियो बनाउनुपर्ने जिकिर गरे। 

प्रकाशनका सञ्चालक डीपी अर्यालले भानुभक्तले भाषिक माध्यमबाट मुलुकवासीलाई एकीकरणको सूत्रमा गाँसेको उल्लेख गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .