NepalKhabar NepalKhabar

साहित्य


यूएई पुगेर रोदनले सुनाए गजल

यूएई पुगेर रोदनले सुनाए गजल

नेपालखबर
साउन ११ , काठमाडौँ

गजलकार प्रदीप रोदन आफ्नो गजल सुनाउन यूएई पुगेका छन्।

गएको आइतबार रोदनले 'सिर्जना वाचन डबली' यूएईकाे आयोजना र  'अन्तर्राष्ट्रिय नेपाली समाज' यूएईकाे  सहआयोजनामा सम्पन्न भएको  कार्यक्रममा करिब २ दर्जन गजल वाचन गरेका थिए।

नयाँ र पुराना गजल गरी दुई दर्जन बेसी गजल सुनाएका रोदनका हरेक गजलका शेरहरु दोहोर्‍याइदोहोर्‍याइ सुनाउन दर्शकले आग्रह गरेका थिए। 

कार्यक्रममा सुनाइएका अधिकांश गजलका सेरहरू यसअघि नै फेसबुक, युट्युब र टिकटकमा पढिएको र सुनिरहेको भए पनि प्रत्यक्ष सुन्नको मज्जा बेग्लै हुने रैछ भन्ने अनुभव  सहभागीले सुनाए। 

दुबईको एभरेष्ट क्लबको हलमा कार्यक्रम सम्पन्न कार्यक्रममा २०० भन्दा बढी दर्शकको उपस्थिति रहेको आयोजकले जनाएको छ। 

रोदनसँगै २ दर्जन भन्दा धेरै स्थानीय सर्जकहरुबाट रचना वाचन भएको थियो।

रमेश क्षितिज र भवानी नेपालले संचालन गरेको कार्यक्रममा गजलकार प्रदीप रोदनका गजलले माहोल तताएको थियो । 

कार्यक्रममा अटल उपेन्द्र, समर चेम्जोङ आभास, सरोज सङ्गम, इन्धन डिवि भण्डारी, सुरज राना, डि एल घिमिरे, डि के किराँती, सरु शीतल राई, विष्णु प्याकुरेल, नकुल पौडेल, राजयात्री लम्साल, भुवन कुमार वाग्ले आनन्द, सोनी भण्डारी, ओम कुमारी खाँड, हरिहर कँडेल, घायल दीपक कार्की, बिलासी मान्छे, रमन सुवेदी, सन्दिप रेग्मी, राजन अधिकारी लगायतले आ-आफ्नो रचना वाचन गरेका थिए।

गोरखामा जन्मिएका प्रदीप रोदन पछिल्लो समय निकै रुचाइएका गजलकार हुन्।  

रोदनको फेसबुकमा ३१ हजार ६ सय ८८ फलोअर्स छन् भने टिकटकमा उनलाई एक लाख २० हजार भन्दा बढी फलो गरेका छन।

साउन ११, २०७९, बुधबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.