ad ad

लुम्बिनी


बुटवलमा सडक क्षेत्रका पसल र संरचना तीन दिनभित्र हटाउन उपमहानगरको आग्रह

बुटवलमा सडक क्षेत्रका पसल र संरचना तीन दिनभित्र हटाउन उपमहानगरको आग्रह

नेपालखबर
भदौ २४, २०७९ शुक्रबार २०:४७, बुटवल

बुटवल उपमहानगपालिकाले तीन दिनभित्र सडकका फुटपाथ खाली गर्न आग्रह गरेको छ।

आज एक सूचना जारी गरि उपमहानगरले सडक क्षेत्राधिकारभित्र अव्यवस्थित रुपमा रहेका निर्माण सामाग्री तथा पसल हटाउन भनेको हो।

गोलपार्कदेखि योगिकुटिसम्म र रामनगरदेखि तामनगरसम्मका सडक क्षेत्रमा रहेका संरचना हटाउन सूचना मार्फत आग्रह गरिएको हो।

‘सफा, सुन्दर र बस्नयोग्य बुटवल शहर बनाउनका लागि गोलपार्कदेखि योगीकुटी, रामनगरदेखि तामनगरसम्म र भित्री सडकहरु समेतमा सडकको क्षेत्राधिकार, सडक पेटी चोक चौराहामा अव्यवस्थित रुपमा रहेका ठेला, टंकी, बजार, निर्माण सामग्री, सवारीपार्किङ, वर्कसप लगायतका सामानहरु राखि अवरोध गर्ने गरेको देखिएकोले आजका मितिले ३ दिन भित्र खाली गरिदिनुहुन अनुरोध छ’ उपमहानगरपालिकाका अधिकृत डोलराज पौडेलद्वारा जारी सूचनामा भनिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .