विनोद चौधरी उठेको नवलपरासी पश्चिम १ मा १२ बजेपछि मात्रै मतगणना शुरु हुने भएको छ। ४ वटा ठाउँमा एकैपटक मत गणनाकोलागि ठाउँ परिवर्तन हुँदा गणना ढिलाई भएको निर्वाचन अधिकृत दुर्गाप्रसाद भट्टराईले जानकारी दिए।
‘हाम्रो तयारी संघ र प्रदेशको छुट्टा छुट्टै मतगणना गर्ने रहेको थियो,’ निर्वाचन अधिकृत भट्टराईले भने,‘संघ र प्रदेसको प्रत्यक्षसंगै समानुपातिक एकै पटक गणना गर्न ठाउँ परिवर्तन गरेका छौं।’
उनले १२ देखी १ बजेको बीचमा मतगणना शुरु भइसक्ने बताए।
नवलपरासी पश्चिम क्षेत्र नम्बर १ मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका विनोद कुमार चौधरी रहेका छन् भने एमालेको समर्थनमा जनता प्रगतिशिल पार्टीबाट हृदयेश त्रिपाठी प्रतिस्पर्धामा रहेका छन्।
15
Shares
प्रतिक्रिया