ad ad

मधेस


सर्लाहीमा गाडीको ठक्करबाट एकजनाकाे मृत्यु

सर्लाहीमा गाडीको ठक्करबाट एकजनाकाे मृत्यु

रासस
असार १७, २०७९ शुक्रबार ११:५२, काठमाडौँ

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको हरिवनमा गए राति गाडीको ठक्करबाट एक युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा हरिवन नगरपालिका–११ कडरिया चोकका २४ वर्षीय जयबहादुर विक रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए।

उनकाअनुसार ती युवकलाई नम्बर नखुलेको गाडीले गए राति ठक्कर दिएको थियो।

घाइते युवकलाई तत्कालै नमूना अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।

दुर्घटनामा संलग्न रहेको आशङ्कामा एउटा ट्रकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .