ad ad

मधेस


जाडो बढेपछि राजविराज नगरपालिकामा दुई दिन विद्यालय बन्द

जाडो बढेपछि राजविराज नगरपालिकामा दुई दिन विद्यालय बन्द

फाइल तस्बिर।


नेपालखबर
पुस २१, २०७९ बिहिबार ६:५२, काठमाडौँ

विगत केही दिनदेखि बढ्दै गएको चिसो तथा शीतलहरका कारण जनजीवन कष्टकर बन्दै गएपछि सप्तरीको राजविराज नगरपालिकाले अगामी दुई दिनका लागि सम्पूर्ण विद्यालय बन्दको घोषणा गरेको छ। 
  

नगरपालिकाका शिक्षा शाखा अधिकृत भोगेन्द्रप्रसाद यादवद्वारा आज जारी प्रेस विज्ञप्तिमा यही पुस २१ र २२ गते दुई दिन नगर क्षेत्रका सम्पूर्ण सामुदायिक एवं संस्थागत विद्यालयमा शैक्षिक गतिविधि बन्द गर्न अनुरोध गरिएको छ।
  
विज्ञप्तिमा नगरपालिकाका कार्यवाहक प्रमुख इसरत परविनको आदेशानुसार विगत केही दिनदेखि बढ्दै गएको चिसो तथा शीतलहरका कारण जनजीवन कष्टकर बन्दै गएको तथा विद्यार्थीमा पठनपाठन असहज बन्दै गएको भन्दै सो अनुरोध गरिएको उल्लेख छ।

यसैबीच तराई–मधेसमा दुई÷तीन दिनदेखि एक्कासि बढ्दै गएको चिसो हावाका कारण जाडो बढ्दा जनजीवन कष्टकर बन्दै गएको छ। एक्कासि वातावरणमा परिवर्तन आएर चिसो हावासँगै शीतलहरसमेत बढेकाले तराई–मधेसका जिल्लामा जाडो बढेको हो।

तराईका क्षेत्रमा बढ्दै गएको शीतलहरले मानव जीवनसँगै घरपालुवा जनावरलाई पनि थप असर परेको छ।
     

बिहान ९–१० बजेसम्म बाक्लो कुहिरो र चिसो हावाका कारण झनै समस्या भइरहेको छ । बेलुका र रातिको समयमा चिसो बढेका कारण झन समस्या हुने गरेको पाइएको छ। विगतभन्दा यो वर्ष फरक तरिकाले कुहिरो लागेका कारण जनजीवन प्रभावित भएको छ।  

बाक्लो हुस्सु लागेका कारण घाम लाग्न छोडेपछि तराईमा चिसो बढेको हो। एक–दुई दिनदेखि एक्कासि बढेको चिसोका कारण बालबालिका, वृद्धवृद्धा र विपन्न परिवार बढी प्रभावित भएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .