ad ad

मधेस


रामदेवको ऋण जनप्रतिनिधिले तलबबाट दिने, छोरोलाई जागिर

रामदेवको ऋण जनप्रतिनिधिले तलबबाट दिने, छोरोलाई जागिर

नेपालखबर
माघ १४, २०७९ शनिबार १५:५५, जनकपुरधाम

वित्तिय संस्थाबाट लिएको ऋणको किस्ता तिर्न नसकेर तनावमा आएर आत्महत्या गरेका गरेका रामदेव मरिकको ऋण जनप्रतिनिधिहरुले तिरिदिने भएका छन्।

केही दिन अगाडी ऋणको बोझ खेप्न नसकेर आत्महत्या गरेका सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर २ का मरिकको ऋण जनप्रतिनिधिहरुले आफ्नो तलबभत्ताबाट तिरि दिने भएका हुन्।

गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीका अनुसार मरिकले वित्तिय संस्थाबाट लिएको ऋणमध्ये ३ लाख रुपेयाँ तिरिदिने निर्णय गाउँपालिकाले गरेको छ।

शुक्रबार गाउँपालिकामा बैठक बसेर जनप्रतिनिधिहरुले रामदेव परिवारको ऋण पालिका अध्यक्ष लगायत वडासदस्यसम्मले तलबभत्ता दिएर तिरि दिने निर्णय गरेको हो।

‘उनको विभिन्न वित्तीय संस्था र गाउँघरको लगाएर साढे ३ लाख रुपैयाँ ऋण रहेको हामीले थाहा पाएका छौं। हामी जनप्रतिनिध बसेर आफ्नो तलबभत्ताबाट सबै ऋण तिरिदिने निर्णय गरका छौं’ पालिका अध्यक्ष चौधरीले भने।

पालिका अध्यक्ष चौधरीले आफ्नो तलबभत्ताबाट १ लाख रुपैयाँ दिने छन्। 
यसका साथै मरिकको परिवारको जीवनयानिका लागि गाउँपालिकाको कार्यालयमा जागिर दिने निर्णय समेत गरेको छ।

मरिकको जेठो छोरो राजकुमार मरिकलाई पालिकाको कार्यालयमा कार्यालय सहयोगी पदमा जागिर दिने निर्णय गरेको हो। 

वित्तीय संस्थाको ऋण तिर्न नसकेपछि गत पुस १० गते मंगलबार बिहान छिन्नमस्ता गउँपालिका वडा नं. २ रामपुरका ४५ वर्षीय रामदेव मरिक पासो लगाएर आत्महत्या गरेको अवस्थामा फेला परेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .