मधेश प्रदेशबाट निर्वाचित स्वतन्त्र सांसद सरदा शंकर प्रसाद कलवार जनता समाजवादी पार्टी, नेपाल प्रवेश गरेका छन्।
बारा जिल्लाको निर्वाचन क्षेत्र नं २ (क) बाट निर्वाचित कलवार जसपा प्रवेश गरेका हुन्। उनले नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका बलबीर चौधरी र माओवादीका उम्मेदवार मोतिलाल कुश्वाहालाई पराजित गरेका थिए।
जनता समाजवादी पार्टी, नेपालबाट बागी उम्मेदवार बनेका कुश्वाहा आइतबार आफ्नै पार्टीमा फर्केका जसपाले जनाएको छ। मधेश प्रदेशका अर्थ तथा योजनामन्त्री सञ्जयकुमार यादव, मधेश प्रदेशका अध्यक्ष रामबाबुकुमार यादवले उनलाई पार्टी प्रवेश गराए।
यससँगै मधेश प्रदेशमा जसपाको सांसद संंख्या १९ पुगेको छ।
माघ २२, २०७९, आइतबार
प्रतिक्रिया