Nepal Khabar TV


बालेनसँग आक्रोशित कवाड व्यवसायीको चित्कार–महानगर प्रहरी देख्दा डर लाग्छ, हामी कहाँ जाने अब?


नेपालखबर
पुस १५ , काठमाडौँ

‘हाडमासु र खुन–खनिजले बनेको मान्छेलाई

सिसी, कागज र फलामको पिण्डमात्रै देखेपछि

मान्छेलाई मान्छे नदेखेपछि

तिमी पनि त मान्छे रहँदैनौं’

आइतबार घर घर पुगेर थकानलाई भुलेर फोहोर उठाउने कवाड व्यवसायीहरू यसरी सडकमा आन्दोलन गर्दै हिडिरहेको दृश्यले कवि विनोदविक्रम केसीको कविता ‘कवाडखाना’को यो पंक्ति सम्झाइरहेको थियो।

काठमाडौं महानगरपालिकाले असुरक्षा र ध्वनी प्रदुषणलाई कारण देखाउँदै महानगरभित्रका रहेका कबाडखानाहरु हटाउन थालेपछि आफ्नो रोजिरोटी खोसिएको भन्दै यतिखेर कवाड व्यवसायीहरू आन्दोलनमा छन्। आइतबार सयौँको संख्यामा रहेका कवाड व्यवसायीहरू भृकुटीमण्डप हुँदै कमलादीस्थित महानगरको कार्यालयसम्म मेयर बालेन साहविरुद्ध चर्को नाराबाजी गर्दै थिए।

अधिकांशको उही गुनासो थियो–कवाड पनि उठाउन नपाएपछि अब हामी कहाँ जाने रु? के खाने? कसले पाल्दिन्छ अब हाम्रो परिवार?

महानगरले केही स्थानमा रहेका कवाडखानाहरु भत्काइसकेको छ। केही बाँकी नै छन्। जहाँ बाँकी छन्, त्यहाँ बसिरहेका कवाड व्यवसायीहरू पनि बालेनदेखि त्रासमा छन्। आन्दोलनमा भेटिएका उनीहरू भन्दै थिए– महानगरको पुलिसदेख्ने वित्तिकै डर लाग्छ हामीलाई।

कवाड व्यवसायीहरूको आन्दोनलाई प्रभु साह नेतृत्वको आम जनता पार्टीले समर्थन गरेको देखिन्थ्यो। आन्दोलनमा देखिएका कवाड व्यवसायीहरू धेरैजसो मधेस प्रदेश र भारतको विहारबाट थिए। सबैको पीडा उस्तै सुनिन्थ्यो। उनीहरु भन्दै थिए–अहिले काम ठप्प भइसक्यो। यहाँ काम गर्न पाइएन अब गाउँ नै फर्किने त होला!

पुस १५, २०८१ सोमबार १४:३०

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad