हङकङमा कोरोना फैलाएको कसुरमा इन्जिनियर-नर्स जोडीलाई जेल सजाय

हङकङमा कोरोना फैलाएको कसुरमा इन्जिनियर-नर्स जोडीलाई जेल सजाय

मगेन्द्र राई
असार २२, २०७८ मंगलबार ९:११,

हङकङमा कोरोना भाइरसको भेरिएन्ट समुदायमा फैलाएको कसुरमा एक जना भारतीय मूलका पुरुषलाई ३ महिनाको जेल सजाय तोकिएको छ। 

कन्ट्याक्ट ट्रेसिङका क्रममा स्वास्थ्य अधिकारीसँग झुट बोलेको प्रमाणित भएपछि ३० वर्षीय इन्जिनियर सयेद मेहमेद रिज्भीलाई जेल सजाय सुनाइएको आटटिएचकेले जनाएको छ। 

उनलाई काउलुन सिटी अदालतले सोमबार ३ महिनाको जेल सजाय सुनाएको हो। 

उनी गत मार्चमा दुबईबाट हङकङ फर्किएका थिए। उनीसँगै आएकी ३१ वर्षीया फिलिपिनी गर्लफ्रेन्ड भिक्टोरिया मरि गौडिजलाई पनि त्यो अपराधमा मतियार रहेको कसुरमा २० दिन जेल सजाय तोकिएको छ। 

तर नर्स रहेकी भिक्टोरिया अनुसान्धनका क्रममा २० दिन हिरासतमा बसिककेका हुनाले उनी सोमबार रिहा भइसकेकी छन्। 

अदालतका अनुसार रिज्भी दुबईबाट आएपछि उनमा कोरोना संक्रमण भेटिएको, उनले मध्य अप्रिलमा पारिवारिक जमघटमा सामेल हुँदा परिवारका ४ तथा अन्य ५ जनालाई कोरोना सरेको हो। 

साथै स्वास्थ्य अधिकारीलाई वास्तविकता नबताएको तथा आफ्नो परिवारका सदस्यको विवरण बताउन नमानेको पनि अदालतले जनाएको छ।

रिभ्जिले २१ दिनसम्म क्वारेन्टिनमा बस्नेपरेका कारण मनोवैज्ञानिक असरले गर्दा त्यस्तो गल्ती हुन गएको दाबी गरे पनि न्यायाधीश एडा यिमले अस्वीकार गरेकी थिइन्। 

न्यायाधीश एडाले भनिन्, ‘रोकथाम र रोग नियन्त्रणसम्बन्धी अध्यादेशको उद्देश्य संक्रमण फैलिन नदिनु हो, बिरामीलाई जरिवाना गर्नु होइन। तर यो जोडीले स्वास्थ्य अधिकारीसँग झुट बोलेर जनताको स्वास्थ्यमा खेलबाड गरे, जसले गर्दा अधिकारीहरूले अनावश्यक छानबिन गर्न पर्यो र समुदायमा त्रास सिर्जना भयो।’ 

न्यायाधीशले आफू नर्स भएर पनि कोरोना संक्रमण ढाँटेको भन्दै भिक्टोरियाको आलोचना गरिन्। 

न्यायाधीश यिमका अनुसार अदालतले अपराधको गम्भीरताबारे समाजलाई कडा सन्देश दिनुपर्ने उल्लेख गर्दै कोरोनाका बिरामीले सत्य लुकाएमा जनताको स्वास्थ्यमा गम्भीर क्षति पुग्ने बताइन्। 

अदालतले दोषी ठहर गरेका रिभ्जी नेपालीको घनाबस्ती रहेको याउ मा तेईमा बसोबास गर्छन्। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .