हङकङमा प्रहरीमाथि चक्कु प्रहार गर्ने व्यक्तिलाई भन्न थालियो ‘हिरो’

हङकङमा प्रहरीमाथि चक्कु प्रहार गर्ने व्यक्तिलाई भन्न थालियो ‘हिरो’

(तस्बिर: एससीएमपी)


नेपालखबर
असार २६, २०७८ शनिबार १७:४३,

हङकङमा १० दिन अगाडि अर्थात् गतहप्ताको बिहीबार एक ५० वर्षका व्यक्तिले प्रहरीमाथि चक्कु प्रहार गरेका थिए। 

नाम नखुलाइएका ती व्यक्तिले एक बर्दीधारी प्रहरीमाथि पछाडिबाट आक्रमण गरेका थिए। कजवे बेको सोगो डिपार्टमेन्ट स्टोर अगाडि छुरा प्रहारको घटना हुँदा प्रहरी गम्भीर घाइते भएका थिए।

उनलाई क्विन म्यारी अस्पतालमा भर्ना गरिएको थियो। सो आक्रमण पश्चात नै ती ५० वर्षका व्यक्तिले आफैंमाथि चक्कु प्रहार गरेका थिए। उनको सोहीदिन वान चाइको रुटनजी अस्पतालमा मृत्यु भएको थियो।

हाल घटना भएको १० दिन भइसकेको छ। तर हङकङबासीले ती आत्महत्या गर्ने व्यक्तिलाई ‘हिरो’ भन्न थालेका छन्।

सयौं मानिसहरु यतिबेला ती व्यक्तिको घरमा श्रद्धाञ्जली दिन दैनिक गइरहेका छन्।

हङकङ विश्वविद्यालयका विद्यार्थी संगठनले प्रहरीमाथि चक्कु प्रहार गर्नुलाई ‘देशको लागि योगदान’ भनिरहेका छन्।

People hold flowers to mourn the death of the assailant.

आखिर प्रहरीमाथि आक्रमण हुँदा आक्रमणकारीलाई नै मानिसहरुले त्यहाँ किन प्रशंसा गरिरहेका छन्?

वास्तवमा त्यहाँका स्थानीयका अनुसार मुख्यक्षेत्र चीनले हङकङमा राष्ट्रिय सुरक्षा कानुन लागू गरेयता त्यहाँ लोकतान्त्रिक मूल्य र मान्यतामा ठेस पुगेको छ।

पत्रिकाहरु बन्द गरिएको छ भने त्यहाँ लोकतन्त्रवादी नेताहरुलाई प्रदर्शन गर्न बन्देज लगाइएको छ। यदी प्रदर्शनमा भाग लिए जेल सजाय हुनेछ।

यसबीचमा अहिले हङकङमा देशभक्ति व्यक्तिलाई मात्र हङकङको चुनावमा उम्मेदवार हुन दिइने नियम बनाइएको छ। यतिबेला त्यहाँ चीन विरोधी गतिविधि गर्न पनि पाइँदैन। 

Flowers from the makeshift vigil for the attacker are thrown in the garbage on July 2.

हङकङ विश्व विद्यालयको विद्यार्थी संगठनका अनुसार चीनको प्रत्यक्ष प्रभावको विरोध स्वरुप प्रहरीमाथि आक्रमण भएको हो।

यस्तै उनीहरुले हङकङकी कार्यकारी प्रमुख क्यारी लामलाई निर्वाचन चयन नगरेको नेतृ भनिरहेका छन्।

चीनले हङकङको स्वतन्त्रता खोसेको त्यहाँको स्थानीयको बुझाइरहेका कारण हङकङमा प्रहरी, सरकार र चीन विरोधी भावना उत्पन्न भएको बताइन्छ। सीएनएन 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .