हङकङको इतिहासमै पहिलोपटक सरकारको नीति तथा कार्यक्रम भिडियोमार्फत

हङकङको इतिहासमै पहिलोपटक सरकारको नीति तथा कार्यक्रम भिडियोमार्फत

मगेन्द्र राई
असोज २९, २०७६ बुधबार १३:२२,

हङकङमा जारी आन्दोलन १९ औँ हप्ता पुग्दा अवरोधकै बीच सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएको छ।

प्रमुख कार्यकारी क्यारी लामले बुधबार आफ्नो कार्यकालमा तेस्रोपटक सरकारको नीति तथा कार्यक्रम घोषणा गरेकी हुन्।

लामले विपक्षी प्रो डेमोक्रेटिक क्याम्पका विधायकहरुले संसद भवनमा चर्को अबरोधको सामना तथा तरल आन्दोलनको कारण सुरक्षालाई मध्यनजर गर्दै इतिहासमै पहिलो पटक भिडियोमार्फत सरकारको नीति घोषणा गर्न बाध्य भएकी हुन।

५१ मिनेट लामो सरकारको नीति टेलिभिजनमार्फत प्रसारण गर्ने क्रममा लामले आफूले अभूतपूर्व चुनौतीहरूको सामना गर्नुपरेको स्वीकार गर्दै सरकारको नीति तथा कार्यक्रमले हङकङलाई सही बाटोमा ल्याउने उनको अपेक्षा थियो। सम्बोधनकै क्रममा लामले एक आपसमा नभिड्न अपिल गर्दै हङकङका जनताहरुलाई आँधीबेहरीबाट बाहिर निस्केर इन्द्रेणीलाई अँगालो मार्न अनुरोध गरिन्।

लामले घोषणा गरेको कार्यक्रमले चालू आन्दोलनका मागहरु सार्वभौम मताधिकार र प्रहरीको शक्तिको दुरुपयोगको आरोपको स्वतन्त्र अनुसन्धान आयोग गठन लगायतका मागहरुलाई सम्बोधन गरेको छैन। बरु आवास र सयौँ आर्थिक उपायहरू लगयतका योजनालाई प्रमुखता साथ उठान गरिएको छ।

लामले भनिन्, ‘हङकङमा चलिरहेको द्वन्द्व र कठिन परिस्थितिको बाबजुद हामी एउटा देश, दुई प्रणालीको सिद्धान्तलाई अनुशरण गर्दै यो गतिरोधबाट बाहिर निस्कन सक्नेछौं। सरकारले सामुदायिक नेता, विज्ञ र शिक्षाविद्लाई गोलमेचमा राखी व्याप्त सामाजिक द्वन्द्वको गहन र स्वतन्त्र बहसको लागि आमन्त्रित गर्नेछौँ र समस्याको समाधान गर्ने विधि खोज्नेछौँ।’

बिपक्षीद्वारा संसद भवन 'लेग्को'मा प्रदर्शन

लामले आफ्नो नीतिगत सम्बोधन सुरु गर्ने समयमा झन्डै २० विपक्षी सांसदहरूको प्लेकार्ड बोकेर नाराबाजी गर्दै अबरोध गरेका थिए।

उनीहरुले ‘पाँच माग– एउटा पनि कम होइन’ जस्ता नारा लगाउदै लामतर्फ बढेका थिए। बिपक्षीहरुले हालको प्रतिकूल परिस्थितिको कारक लाम भएको बताउँदै उनी पूर्णरुपमा असफल भएका कारण राजीनामा दिनुपर्ने माग राखेका थिए।

रियल स्टेट विधायकबाट आलोचित

लामले गरेको आवास समस्यासम्बन्धी गरेको नीतिगत सम्बोधनलाई घर जग्गाको प्रतिनिधित्व गर्ने सभासद अब्राहम शेक लाइ–एले सरकारको कडा अलोचना गरेका छन्।

लामले कानून अनुसार आवास समस्या समाधान गर्नका लागि निजी जग्गाहरु जबरजस्ती हडप्ने बताएपछि शेक सरकारबिरुद्द खनिएका हुन। उनले सरकारको आलोचना गर्दै भने, ‘सरकारले सम्पत्ति बजारमा प्रवेश गरी हस्तक्षेप गर्नुहुँदैन किनकि यसले बजारको विश्वासलाई गम्भीर असर गर्नेछ।’

लामले कम आय भएका परिवारहरू र मध्यम वर्गले आफ्नै घरहरू किन्न सहयोग पुर्‍याउने उपायहरूको अवधारणा समेत घोषणा गरिन्। साथै निम्न आय भएका परिवारहरू, सवारी चालकहरूका लागि नगद सहायता, हङकङमा प्राविधिक मन्दीका लागि कर प्रोत्साहन लगायतका नीतिहरु ल्याउन लागेको बताइन्।

लामले सम्बोधनको अन्त्यमा हङकङ मातृभूमिमा फर्केपछि सबैभन्दा ठूलो चुनौती सामना गरिरहेको बताउदै भनिन्, ‘मलाई विश्वास छ कि दिगो स्थायित्व र विकासका लागि हङकङको ठोस आधार निर्माण गर्न गरिएका प्रयासहरू व्यर्थ हुने छैनन्े। हामीले ‘एक देश, दुई प्रणाली’ सिद्धान्तको पालना गर्दै कानूनबमोजिम हिंसा रोक्नुपर्छ र जति चाँडो सामाजिक व्यवस्था पुनर्स्थापित गर्नुपर्दछ। आँधीबेहरीबाट बाहिर निस्केर सप्तरंगी इन्द्रेणीलाई अंकमाल गर्नुपर्दछ।’

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .