हङकङमा सेफसहित २० लाख डलर र गहना चोर्ने चार जना पक्राउ

हङकङमा सेफसहित २० लाख डलर र गहना चोर्ने चार जना पक्राउ

कुन तोङस्थित चोरी भएको स्थान


नेपालखबर
भदौ १५, २०७८ मंगलबार १५:३७, काठमाडौँ

सेफसहित २० लाख हङकङ डलर चोरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ। गत महिना कुन तोङको एउटा फ्ल्याटबाट उनीहरुले सो चोरी गरेका थिए। 

सेफमा नगदका अतिरिक्त ६ वटा रोलेक्स घडी र सुनका गहना पनि भएको बताइएको छ। 

अगस्ट २३ देखि ३० सम्ममा चेङ सा वान, मा अन सान, तिन सुइ वाइ र युन लोङबाट उनीहरुलाई गिरफ्तार गरिएको हो। उनीहरुको उमेर ३१ देखि ५३ सम्म रहेको प्रहरीले जनाएको छ। 

तर, उनीहरुको साथबाट चोरीका सामान बरामद भएको छैन। 

सीसीटीभी फुटेजका सहारामा अभियुक्तहरु पहिचान गरिएको काउलुन इस्ट रिजनल क्राइम युनिटका सिनियर इन्स्पेक्टर यान हुयिनले बताइन्।

जुलाई ८ दिन सो चोरी भएको थियो। अपरान्ह चार बजे फ्ल्याटमा कोही नभएको बेला उनीहरुले डेलिभरी कामदारको भेषमा त्यहाँ पसेको र १० मिनेटमा ट्रलीमा सेफ लिएर बाहिरिएको प्रहरीले जनाएको छ। 

चारमध्ये एक जनालाई लुटपाटको अभियोग लगाइएको छ भने अन्य तीन जनालाई रिहा गरिएको छ। उनीहरुमाथि अनुसन्धान भने जारी छ।

यो घटनामा थप चार जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ। एससीएमपी

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .