महिलालाई सुरक्षा गार्डले घिसारेर मेट्रोबाट निकालेपछि चिनियाँ नागरिक आक्रोशित

महिलालाई सुरक्षा गार्डले घिसारेर मेट्रोबाट निकालेपछि चिनियाँ नागरिक आक्रोशित

नेपालखबर
भदौ १७, २०७८ बिहिबार १४:४५, काठमाडौँ

चीनको उत्तरपश्चिमी प्रान्त शान्सीको राजधानी सियानमा मेट्रोका एक सुरक्षा गार्डले एक महिला यात्रुलाई गरेको दुर्व्यवहारपछि त्यसको चर्को आलोचना भएको छ। 

घटनाबारे मेट्रोले दिएको स्पष्टीकरणपछि इन्टरनेट प्रयोगकर्ताको आक्रोश झनै बढेको छ।

सार्वजनिक भिडिओमा एक महिला सुरक्षा गार्डसँग बाझिरहेकी हुन्छिन्। एकैछिनमा ती गार्डले महिलालाई समातेर घिसार्दै ट्रेनबाहिर पु¥याउँछन्। महिलाको कपडा च्यातिन्छ, उनका सरसामान छरिन्छन्। 

सोमबार सो घटना भएको बताइएको छ। 

घटनाप्रति आम मानिसले चासो राखेपछि सियान मेट्रोले स्पष्टीकरण दियो। जसमा ती महिलाले ट्रेनभित्र अर्को व्यक्तिसँग झगडा गरेको मेट्रोको भनाइ छ। 

‘अन्य यात्रुको सुरक्षाका लागि ती यात्रुलाई ट्रेनबाट उतारियो। तर, उनले उत्रिन मानिनन्। र, प्रहरी बोलाइयो। अन्ततः आफ्नो गन्तव्यमा पुगेपछि ती महिला आफैँ ओर्लेर गइन्,’ मेट्रोले भनेको छ।

मेट्रोले यसरी घटनाभन्दा सरासर झुटो विवरण दिएपछि मानिसहरुले थप आक्रोशित भएका छन्। चिनियाँ सामाजिक सञ्जाल वेइबोमा उनीहरुले महिलासँग मेट्रोले माफी माग्नुपर्ने बताएका छन्। 

चर्को सार्वजनिक आलोचना भएपछि यातायात मन्त्रालयले समेत यसबारे वक्तव्य दिएको छ। सुरक्षा गार्डले कानुन आफ्नो हातमा लिएको मन्त्रालयको भनाइ छ। 

उनलाई मेट्रोबाट निलम्बित गरिएको बताइएको छ। एससीएमपी

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .