हङकङ आन्दोलनका प्रमुख कारक तोङ काई बुधबार जेलमुक्त

हङकङ आन्दोलनका प्रमुख कारक तोङ काई बुधबार जेलमुक्त

मगेन्द्र राई
कात्तिक ६, २०७६ बुधबार १२:४१,

गतबर्ष आफ्ना गर्भवती प्रेमिकालाई ताईवानमा हत्या गरेको स्विकार गरे पनि उनलाई मुद्रा अपचलनको अभियोगमा मात्र २९ महिनाको जेल सजाय तोकिएको थियो।

तर जेल बसाईमा असल आचरण देखाएको कारण उनको एक तिहाई सजाय मिनाहा गरी १८ महिना मै जेल मुक्त गरिएको हो।

उनले क्लियर वाटर बे स्थित पिक युक जेलमा सजाय भुक्तान गरेका थिए। जेल मुक्त भए पनि उनले सन्चार माध्यममार्फत् आफ्नो प्रेमिकाको हत्या स्विकार्दै ताईवानी अधिकारी समक्ष आत्मसमर्पण गर्ने वाचा गरेको कुरा आरटिएचकेले बताएको छ।

हङकङबासी चान गत बर्षको फेब्रुअरीमा आफ्ना १९ बर्षीया प्रेमिका पून हिउ विङका साथ ताईवानमा छुट्टि मनाउन गएका थिए। सोही बखत् होटलको कोठामै उनले पूनको हत्या गरी पूनको बैंक कार्ड, फोन लगायतका सामानहरु लिई हङकङ फर्किएका थिए।

हङकङ फर्किएपछि चानले मृतक पूनको बैंक कार्ड बाट १३ हजार हङकङ निकालेर खर्च गरेका थिए।

घटना ताईवानमा घटेको तथा हङकङ–ताईवान बिच सुपुर्दगी सन्धि समेत नभएको कारण चान लाई ताईवान पठाउन नमिल्ने तथा हङकङले हत्या सम्बन्धी मुद्दा चलाउन नमिल्ने भएको हुँदा उनलाई पैसा र बहुमूल्य चीजहरूको चोरिको अभियोगमा मात्र गत अप्रिलमा जेलमा हालिएको थियो।

उनी जेल मुक्त हुने खबर पाएपछि जेल बाहिर ठूलो सङ्ख्याका पत्रकारहरुको भिड लागेको थियो। सेतो सवारी साधन बाट ओर्लिएर चानले भीड अगाडी पटक पटक झुकेर मृतकका परिवारप्रति माफी माग्दै भने,‘मलाई थाह छ कि मैले अक्षम्य गल्ती गरेको छु, जुन गल्तिको कारण पून परिवारमा असिमित पीडा थपिएको छ, म आफ्नो अक्षम्य गल्तीको प्रायश्चित गर्न आफूलाई ताइवानमा आत्मसमर्पण गर्न चाहन्छु र मेरो गल्तीको सजाय भोग्न चाहन्छु। मलाई आशा छ कि मेरो सजायले पूनको परिवारले राहत पाउनेछ र पूनको आत्मले चिर शान्ति पाउनेछ।’

उनले थपे,“मैले ठूलो गल्ती गरे पनि मेरा बाबुआमा र परिवारले मलाई माया र सहयोग गरेकोमा म उहाँहरुप्रति ऋणी छु। यो ऋण तिर्न सक्छु भनेर म दुस्साहस त गर्न सक्दिन तर निश्चित रुपमा उहाँहरुलाई चिरकालसम्म सम्झिरहने छु।’

अन्त्यमा उनले हङकङका जनताहरू र समाजप्रति क्षमादानको अपेक्षा गर्दै भने,“मलाई आशा छ कि मलाई माफ गरिनेछ र फेरि नयाँ सिराबाट सुरु गरी समाजमा योगदान पुर्याउने एक मौका पाउनेछु।’

‘आफैंले स्वैच्छिक रूपमा आत्मसमर्पण गरेको हो? वा आफू राजनैतिक गोटि को रूपमा प्रयोग भइरहेको छ जस्तो लागेको छैन?’ भनी सोधिएको प्रश्नको जवाफ भने चानले जवाफ दिएनन्। उनी पादरी पिटर कूनको साथ जेलघर बाट बाहिरिएका थिए।

चान जेल मुक्त पूर्ब उनको मुद्दालाई लिएर हङकङ र ताईवान बिच “शब्द युद्ध“ भएको थियो।

जेल मुक्त भएपछि चानलाई ताईवान लैजान ताईवानी अधिकारीहरु हङकङ लिन आउने ताइनावको अनुरोधलाई कानुनी रित पूरा नभएको, अनादर, हचुवा जबर्जस्तीको प्रवृत्ति भनी हङकङ सरकारले उक्त कार्य पूर्ण अस्वीकार्य भएको बताएको थियो। हङकङले भनेको थियो,‘ताइवान पुगेपछि चानलाई पक्राउ गर्न सकिन्छ, त्यसका लागि चानमाथि ताईवान भ्रमणमा लगाईएको प्रतिबन्ध फुकुवा गरे पुग्छ।’
ताइवानी अधिकारीहरुका अनुसार हङकङले सम्पूर्ण न्यायिक सहयोग प्रस्ताव नगरेसम्म चान लाई ताइवान लान नसकिने बताउदै चान सम्बन्धी सम्पुर्ण कागजात र प्रमाणहरु उपलब्ध गराउन भनेका थिए।

चानलाई ताईवान पुगेपछि हत्याको अभियोगमा मुद्दा चलाईनेछ। ताईवानी कानुन अनुसार हत्याको कसुर ठहर भए मृत्युदन्डको सजाय हुने व्यवस्था छ। जवान उमेर भएका चानले कस्तो किसिमको सजाउ पाउला भन्ने यकिन भनै भइसकेको छैन।

चानको मुद्दालाई मध्यनजर गरेर हङकङकी कार्यकारी प्रमुख क्यारी लामले सुपुर्दगी बिधेयक बिधान परिषदमा पास गरी चानलाई ताईवान हस्तान्तरण गर्ने योजना बनएका थिए।

त्यही सिलसिलामा मुख्यभूमि चीन र मकाउमा समेत उक्त बिधेयक पास गराउने लामको योजना रहेको थियो। तर संसदमा प्रजातान्त्रिक सदस्यहरु र जनताहरुले व्यापक बिरोध गरे। जुन बिधेयक खारेज भइसकेको छ, तर पनि थप स्वतन्त्रता र प्रजातान्त्रिक सुधारको माग राखी बिगत पाच महिना बाट आन्दोलन जारी छ।

यसरी बिजारोपण भयो हङकङ आन्दोलन (बिकसित घटनाक्रम)

फेब्रुअरी २०१८

हङकङ ईन्टिच्युट अफ भोकेसनल एजुकेसनका बिद्यार्थी तोङ काई पून र उनका गर्भवती प्रेमिका हुइ विङ पून छुट्टी मनाउन ८ फेब्रुअरीमा ताईपेई पुगे, चान भने १७ मा फर्किए, पून फर्किएनन, पछि उनको लास उनीहरु बसेको पर्पल होटल ताईपेइ बाट १५ किलोमीटर टाढा बन्द सुटकेस भित्र फेला पर्यो।

मार्च २०१८

आफ्नो छोरी नफर्किएपछि पूनको अभिभावकले मार्च ५ मा हङकङ प्रहरी समक्ष छोरी हराएको भनी जाहेरी दिए। चानले हङकङ फर्किएपछि पूनको बैंक कार्ड बाट १३ हजार हङकङ डलर समेत निकालेका थिए।
उनलाई हङकङ प्रहरीले हत्याको अभियोगमा पक्राउ गरेतापनि हत्या हङकङ बाहिर भएकोले उनलाई चोरीको अभियोगमा मात्र २९ महिने जेल सजाय सुनाईयो उनलाई हङकङ ताईवान बीच सुपुर्दगी सन्धी नभएकोले चानलाई ताईवान पठाईएन।

२०१९ फेब्रुअरी

सरकारी संगठन सुरक्षा ब्यूरोले चानको मुद्दालाई किनारा लगाउन सुपुर्दगी बिधेयक संशोधनको प्रस्ताव गर्यो। जसले बाहिरबाट अपराध गरेर आएका अपराधीहरुलाई स्थानान्तरणको कानुनी बाटो खोलिदिन्छ। हङकङको मुख्य भूमि चीन, ताइवान र मकाउसङ्ग त्यस्ता कानुन बनेको छैन्। चानको मुद्दालाई मध्यनजर गरेर सरकारले कानुनी प्रणालीमा भएको प्वाललाई टाल्न सुपुर्दगी बिधेयकको औचित्यको रूपमा प्रस्ताव अगाडि सारे।
सरकारले २०१८–२०१९ को विधानपरिषद्को बैठकबाट बर्षे बिदा पूर्ब नै “फास्ट ट्र्याक“ मा कानून पारित गर्ने प्रयास गर्यो। प्रमुख कार्यकारी क्यारी लामका अनुसार ताइवान हत्याको घटनाप्रति घडीको आवाजले सचेत गराईरहेकोले संदिग्ध उम्कन नदिन उक्त बिधेयक ल्याउनको औचित्य दर्शाएकी थिईन।

२०१९ मे २०

बिधेयक मस्यौदा समितिमा बिपक्षीहरु बाट अबरोध आए पनि मस्यौदा सुरक्षा मन्त्री जोन ली का–चीउले १२ जुनमा बिधान परिषदमा पेश गर्ने घोषणा गरे।

२०१९ जून ९

बिधेयकप्रति असन्तुष्टि जनाउदै प्रजातान्त्रिक पक्षधरहरुले मार्च ३१ र अप्रिल २८ मा प्रदर्शन गरिसकेका थिए। तर यो पटक मानव अधिकार मोर्चाको आह्वानमा १० लाख जनताहरुले सडकमा प्रदर्शन गरे। बिरोधका बाबजुद सरकारले बिधेयक प्रस्तुत गर्ने अडान लिए।

२०१९ जून १२

सरकारले बिधेयकको दोस्रो पाठको लागि तयारी गरेपछि त्यसको बिरोधमा प्रदर्शनकारीहरूले व्यवस्थापिका काउन्सिल घेरा हाले। त्यसपछि सरकारले विधेयक छलफल स्थगित गर्न बाध्य भयो भने प्रहरी र प्रदर्शनकारी बीच झडपहरू भए।

२०१९ जून १६

बिधेयकको व्यापक बिरोध भएपछि प्रमुख कार्यकारी क्यारी लामले जुन १५ तारिख बिधेयकको निलम्बन गर्ने घोषणा गरे। तर बिधेयक पूर्ण खारेजीको माग राख्दै जून १६ मा अनुमानित २० लाख मानिसहरू सडकमा ओर्लिए।

२०१९ जुलाई १

बेलायतको उपनिवेशबाट मुख्यभूमि चीनमा हस्तान्तरण गरेको २२ औ बर्षगाठमा १०० भन्दा आन्दोलनकारीहरुले व्यवस्थापिका परिषदको भवन तोडफोड गर्दै भवनलाई कब्जामा लिएर उदार प्रजातन्त्रको अर्को मुख्य माग राखे।

२०१९ जुलाई–अगस्ट

प्रमुख पाँच माग राख्दै आन्दोलनकारीहरुले शहरका बिभिन्न स्थानहरूमा व्यापक हिंसात्मक विरोध प्रदर्शनहरू गरे।

२०१९ सेप्टेम्बर ४

प्रमुख कार्यकारी क्यारी लामले बिबादित बिधेयक आधिकारिक रूपमा फिर्ता लिने घोषणा गरिन् तर उक्त घोषणाले समेत आन्दोलन रोक्न असफल भयो।

Image result for hk protest

२०१९ अक्टोबर ४

आन्दोलनले हिंसात्मक रुप लिएपछि लामले औपनिवेशिक कालको संकटकालीन कानूनलाई लागू गरिन्। प्रदर्शन र आम जनसभामा अनुहारमा मास्क प्रयोग गर्न प्रतिबन्ध लगाइयो। यसले थप हिंसात्मक बिरोध प्रदर्शन निम्तायो।

२०१९ अक्टोबर २०

मानव अधिकार मोर्चाको आह्वानमा “मास्क प्रतिबन्ध“ बिरुद्ध काउलुन क्षेत्रमा व्यापक प्रदर्शन हिंसात्मक भयो। जसमा प्रदर्शनकारीहरुले तोडफोड र आगजनी गरे। झपडमा ६८ प्रदर्शनकारीहरु पक्राउ परेका छन् भने प्रहरीहरु पनि घाईते भएका छन्।

आन्दोलनकारीहरुको प्रमुख माग बिधेयक खारेजी भए पनि “पाँचै माग पूरा हुनुपर्छ, एक पनि कम हुनुहुन्न“ भन्दै बिगत ५ महिना बाट आन्दोलन आन्दोलन जारी छ।

यतिबेला चान जेल मुक्त भएका छन्। तर उनको रिहाईले आन्दोलनमा कुनै असर नपर्ने अनुमान गरिएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .