हङकङमा बेपत्ता बैंकरको खोजी दलले एउटा शव फेला पार्‍यो

हङकङमा बेपत्ता बैंकरको खोजी दलले एउटा शव फेला पार्‍यो

नेपालखबर
असोज १, २०७८ शुक्रबार १५:३०, काठमाडौँ

हङकङका बेपत्ता बैंकरको खोजी गरिररहेका उद्दारकर्ताहरुले शुक्रबार एक शव फेला पारेका छन्।

तर, त्यो शव आइतबारबाट हराएका साउ फुकाङको हो कि होइन, अधिकारीहरुले केही बताएका छैनन्।

हाइकिङमा गएका साउको हराएको रिपोर्ट सोमबार प्रहरीमा पुगेको थियो। त्यसयता सयौँ उद्दारकर्ता परिचालन गरेर उनको खोजी गरिएको हो। 

शुक्रबार दिउँसो १ बजेतिर साइ कुङ कन्ट्री पार्कस्थित ताम चाइ साननजिकै पर्ने पहाडी क्षेत्रमा सरकारी हेलिकोप्टरले सो शव देखेको हो। 

उद्दार टोली त्यसतर्फ जाँदै गरेको जनाइएको छ। सो स्थानभन्दा पाँच किलोमिटर टाढा रहेको सेक उक सानमा साउको मोबाइल सिग्नल अन्तिम पटक डिटेक्ट भएको थियो।

साउ हाल ब्यांक अफ कम्युनिकेसन्सका एक निर्देशक हुन्। यसअघि उनी सो बैंकको अध्यक्ष समेत भएका थिए। एससीएमपी

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .