के क्यारी लाम अर्को चुनावमा पनि उठ्दैछिन्?

के क्यारी लाम अर्को चुनावमा पनि उठ्दैछिन्?

नेपालखबर
असोज २०, २०७८ बुधबार १६:४८, काठमाडौँ

बुधबार क्यारी लामले आफ्नो कार्यकालको अन्तिम नीति सम्बोधन गरिन्। उनको कार्यकाल अब केही महिना मात्र बाँकी छ। 

दुई घण्टाभन्दा लामो सम्बोधनमा लामाले आफू फेरि चुनाव लड्ने या नलड्ने विषयमा केही बोलिनन्। मानिसहरुले भने उनको सम्बोधनमा त्यसको केही सुराक पाइन्छ कि भनेर खोजिरहे। 

त्यसरी हेर्दा लामले दीर्घकालीन महत्वका केही योजना अघि सारेकी छन्। जसमध्ये न्यु टेरिटोरिजमा २५ लाख मानिस बस्न मिल्नेगरी नयाँ सहर विकास र सरकारको पुनर्संचनाजस्ता कार्यक्रम पनि छन्।

यी कार्यक्रम निश्चय नै अर्को सरकारले मात्रै पुरा गर्न सक्छ। त्यसैले उनले फेरि कार्यकारी प्रमुख बन्ने योजना अघि सारेकी हुन् त भन्ने धेरैलाई परेको छ। 

तर, लामको कार्यकारी परिसदका सदस्य बर्नार्ड चान यी योजनाहरु अर्को कार्यकालका लागि लामलाई मार्गप्रशस्त गर्न लक्षित नभएको बताएका छन्। 

‘भविष्यका जुनसुकै प्रमुख कार्यकारीले यी विषयहरुमा काम गर्नुपर्ने हुन्छ,’ चानले भने। एससीएमपी

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .