बेइङजिङले ‘दोस्रो सरकार चलाएको’ आरोपको क्यारी लामले गरिन् खण्डन

बेइङजिङले ‘दोस्रो सरकार चलाएको’ आरोपको क्यारी लामले गरिन् खण्डन

नेपालखबर
असोज २४, २०७८ आइतबार १७:३५, काठमाडौँ

हङकङकी प्रमुख कार्यकारी क्यारी लामले सत्ता सञ्चालनमा बेइजिङका अधिकारीहरुको प्रभाव देखिएको आरोपको खण्डन गरेकी छन्। 

हङकङस्थित बेइजिङको सम्पर्क कार्यालयले आम मानिससँग सम्पर्क स्थापित गर्ने विभिन्न कार्यक्रम राख्न थालेपछि कार्यालयका अधिकारीहरुले ‘दोस्रो सरकार’का रुपमा काम गर्न थालेको आरोप केहीले लगाएका थिए।

गत महिनायता सम्पर्क कार्यालयका अधिकारीहरुले एक दर्जनभन्दा बढी पटक हङकङका बासिन्दाहरुसँग प्रत्यक्ष सम्पर्क राखेका छन्। 

कार्यकारी प्रमुख लामले चिनियाँ अधिकारीहरुले हङकङबारे थप बुझ्न खोज्नु सकारात्मक भएको बताइन्। त्यसले असल नीति तयार गर्न सहयोग गर्ने उनको भनाइ थियो।

‘सम्पर्क कार्यालयका अधिकारीहरुले समस्या सही तरिकाले बुझे भने त्यसको उपयुक्त समाधान के हुन्छ भनेर केन्द्र सरकारलाई जानकारी गराउन सक्छन्,’ लामले भनिन्, ‘हामी सम्पर्क कार्यालयसहित अलगअलग मानिसहरुको विचार स्वीकार गर्छौँ। तर, ठोस काम गर्ने भनेको यहाँको स्थानीय प्रशासनले नै हो।’
 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .