हङकङका सडकमा २० वर्षभित्र पूरै विद्युतीय सवारीसाधनमात्रै गुड्ने

हङकङका सडकमा २० वर्षभित्र पूरै विद्युतीय सवारीसाधनमात्रै गुड्ने

नेपालखबर
कात्तिक १२, २०७६ मंगलबार ५:४९,

हङकङले आगामी १० देखि २० वर्षभित्र परम्परागत इन्धनका सवारीसाधन विस्थापन गरी पूर्ण विद्युतीय सवारीसाधन मात्र सहरमा सञ्चालन गर्ने भएको छ। सहरका वातावरणका लागि सचिव वोंग काम सिंगले हङकङले व्यावसायिक तथा सार्वजनिक यातायात पूर्ण विद्युतीय हुने जानकारी दिएको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ।

वोंगको उक्त प्रतिबद्धता हङकङ सरकारले पुराना निजी क्षेत्रलाई पार्किङ क्षेत्रको अपग्रेड गरेर ईभी चार्जिङमा जान दुई अर्ब हङकङ डलर दिने बताएको एक हप्ता नबित्दै आएको हो।

यो सबै तयारीको कुरा हो, जब विद्युतीय कारको बजार मजबुत हुन्छ, हामी पनि पूर्ण रुपले तयार हुनेछौँ। अहिले नै हामीले काम थालेनौँ भने समयको माग धान्न हामीलाई गाह्रो पर्नेछ, एससीएमपीसँगको एक अन्तर्वार्तामा भने।

सरकारको पछिल्लो योजनाले ६० हजार कार स्पेस कभर गर्ने योजना बनाएको छ। सहरको भवन प्राधिकरणले सन् २०११ देखि नै निजी क्षेत्रलाई विद्युतीय सवारीसाधनको चार्जर राख्ने स्थान उपलब्ध गराउँदै आएको छ। वोंगका अनुसार तीन वर्षभित्र सहरमा रहेका सबै पार्किंग स्पेसको एक भाग विद्युतीय सवारीसाधनको चार्जिंगयुक्त हुनुपर्नेछ।

अगस्टसम्म हङकङमा सडक प्रयोगका लागि १२ हजार १ सय ९५ वटा विद्युतीय सवारीसाधनहरुले अनुमति पाएका थिए। जुन सन् २०१० को अन्त्यसम्मको तुलनामा कम्तीमा १ सयभन्दा बढी हो। सहरमा कुल निजी कारमध्ये १.८ प्रतिशत ईभी छन्। यस्तो दर चिनियाँ सहर बेइजिङमा दुई प्रतिशत रहेको छ।

परम्परागत इन्धनमाथि प्रतिबन्ध लगाउनुअघि सार्वजनिक रुपमा बुझाउनुपर्ने उनले बताए। यसको लागि तोकिएको १० वा २० वर्ष पर्याप्त हुने पनि उनको भनाइ छ।

नर्वेमा कुल नयाँ कार बिक्रीको ५२ प्रतिशत हिस्सा सन् २०१७ मा विद्युतीय कारले ओगटेको थियो। त्यहाँ आगामी सन् २०२५ को अन्त्यसम्ममा डिजेल र ग्यास प्रयोग हुने सवारीसाधन अन्त्य हुने अपेक्षा गरिएको छ। त्यस्तै आयरल्यान्डले पनि सन् २०३० सम्ममा परम्परागत इन्धन प्रयोग हुने सबै सवारीसाधनमाथि प्रतिबन्ध लगाउने बताइसकेको छ।

यता बेलायतले ग्यास सवारीसाधन आगामी सन् २०४० सम्म बिक्री रोक्ने घोषणा गरिसकेको छ। एसले सन् २०५० सम्ममा शून्य उत्सर्जनलाई जोड दिएको छ। यता, एसियामा ताइवानले सन् २०३५ सम्ममा विद्युतीयबाहेकका मोटरसाइकलमाथि प्रतिबन्ध लगाउने बतथाएको छ। त्यस्तै मूलभूमि चीनले पनि परम्परागत इन्धन विस्थापन गर्ने दीर्घकालीन योजना बनाइरहेको बताएको छ। यद्यपि मिति नै भने तोकिसकेको छैन।

परम्परागत इन्धनबाट चल्ने सवारीसाधनबाट नाइट्रोजन अक्साइड उत्सर्जनको मात्रा बढेको आधिकारिक तथ्यांकले देखाएको छ। यसले सिधै फोक्सोमा असर गर्छ। तर सन् १९९९ को तुलनामा भने यस्तो ग्यास उत्सर्जन उल्लेख्य दरमा घटेको छ।

वोंगका अनुसार सहरमा रहेको ट्याक्सी र ट्रकहरुलाई विद्युतीयतर्फ लैजान सरकारले सघाउनेछ। ट्याक्सीका लागि छिटो चार्ज हुने स्टेसन निर्माणमा सरकारले सघाउने उनको भनाइ छ। हङकङमा सन् २०१८ सम्ममा झण्डै १० हजार बढी दर्ता नै भइसकेका निजी कार रहेका छन्। तर उनले हङकङमा नयाँ दर्ता भएकामध्ये ९० प्रतिशत विद्युतीय कार सरकारको वान फर वान स्किमबाट खरिद भएको दाबी गरे। यो स्किमले २ लाख ५० हजार हङकङ डलरको करछुट दिन्छ। यसबाट ग्राहकले पुरानो कारसँग विद्युतीय गाडी साट्न पाउँछन्।

उनले भनेअनुसार सहरमा यो महिनामात्रै औसत प्रतिदिन २० वटा नयाँ कार दर्ता भएका छन्। यो संख्या गत वर्षको अक्टोबरमा प्रतिदिन एउटा मात्रै रहेको थियो।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .