डाक्टर अभाव हुन थालेपछि हङकङमा स्थानीय परीक्षाको नियम हट्यो

डाक्टर अभाव हुन थालेपछि हङकङमा स्थानीय परीक्षाको नियम हट्यो

नेपालखबर
कात्तिक ४, २०७८ बिहिबार १५:३, काठमाडौँ

डाक्टर अभाव हुन थालेसँगै बाहिर प्रशिक्षण आएका डाक्टरलाई हङकङमा पुनः लाइसेन्सको परीक्षा दिन नपर्ने भएको छ।

हङकङको संसदीय नियामकले बिहीबार पारित गरेको कानुनअनुसार अब बाहिर प्रशिक्षण गरेर आएकाले पनि हङकङमा लाइसेन्सको परीक्षा दिन नपर्ने भएको हो। डाक्टर अभाव पूरा गर्न नयाँ कानुन ल्याइए पनि यसले भविष्यमा हङकङको स्वास्थ्य क्षेत्रमा असर पार्न सक्ने आलोचकले बताएका छन्। 

नयाँ नियमअनुसार भविष्यमा मेनल्याण्ड चीनबाट आएका डाक्टरले हङकङका स्थानीय डाक्टरलाई विस्थापित गर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। केहीले भने अहिलेको डक्टर अभाव पूरा गर्न यो नियम निकै प्रभावकारी हुन सक्ने बताएका छन्। 

बिहीबार संसदीय परिषद्मा भएको निर्वाचनमा कानुनको पक्षमा ३९ मत परेको थियो भने विपक्षमा एक मत परेको थियो। 

कोभिड–१९ को महामारीसँगै विश्वभर डाक्टरको अभाव देखिएको छ। तर, गत वर्ष राष्ट्रिय सुरक्षा कानुन ल्याइएसँगै धेरै डाक्टरले हङकङ छाडेसँगै हङकङमा यो समस्या अझै धेरै बढेको हो।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .