हङकङका भैँसीले हानेर र कुल्चेर तीन बालबालिका घाइते भएका छन्।
बिहीबार लान्ताउ टापुमा विद्यार्थीहरुको समूहमा दुई वटा भैँसी दौडिएका थिए।
घाइते बालबालिकालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ।
सामाजिक सञ्जालमा पोस्ट भएको २४ सेकेन्डको भिडिओमा एउटा भैँसीले अर्कोलाई लखेट्दै गरेको देखिन्छ। साउथ लान्ताउ रोड हुँदै भैँसी सार्वजनिक पार्किङमा भेला भएका बालबालिकाको समूहमाथि दौडेका थिए।
भैँसीले हानेर घाइते भएकी आठ वर्षीया बालिकाको पेटमा चोट लागेको छ। अन्य दुई बालकको छाती, अनुहार र हातमा चोट लागेको छ।
उनीहरुलाई नर्थ लान्ताउ अस्पताल लगिएको थियो। पछि दुई बालकलाई भने लाइ ची कोकस्थित प्रिन्सेस मार्गरेट अस्पताल पुर्याइएको छ। एससीएमपी
24
Shares
प्रतिक्रिया