हङकङमा ६१० किलो कोकिनसहित एक पक्राउ

हङकङमा ६१० किलो कोकिनसहित एक पक्राउ

नेपालखबर
कात्तिक २२, २०७८ सोमबार १३:५६, काठमाडौँ

हङकङको प्रहरीले ६१० किलो कोकिनसहित एक २८ वर्षीय एक पुरुषलाई पक्राउ परेको छ। प्रहरीका अनुसार ब्राजिलबाट आएको फ्रोजल फलफूलको जुससँगै लुकाएर ल्याउँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको हो।

लोजिस्टिक कम्पनीले हङकङ ल्याएको कन्टेनरमा निरीक्षण गर्दा सातओटा ब्यारेलमा लुकाएर ल्याइएको ६१० किलोको करिब ६२ करोड हङकङ डलर मूल्यको कोकिन फेला परेको हो। 

प्रहरीले लागू औषध ओसारपसारको आशंकामा शुक्रबार कवाई चुङ नाम गरेका व्यक्तिलाई पक्राउ गरेको छ। गत अप्रिलमा पनि हङकङको प्रहरीले ७०० किलो कोकिन बरामद गरेको थियो। प्रहरीका अनुसार अन्य सामानमा लुकाएर तस्करी हुनु नौलो होइन तर पहिलोपटक जुसको कन्टेनरमा लुकाएको अवस्थामा कोकिन फेला परेको हो।  

प्रहरीका अनुसार यसरी फ्रोजन जुसमा लुकाएर ल्याउँदा पहिचान गर्न गाह्रो हुने भएकाले तस्करहरुले यो उपाय अपनाएका हुन्। अहिले यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। 
 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .