एक अभिभावकलाई कोरोना देखिएपछि हङकङका १२० बालबालिका क्वारेन्टिनमा

एक अभिभावकलाई कोरोना देखिएपछि हङकङका १२० बालबालिका क्वारेन्टिनमा

नेपालखबर
कात्तिक २६, २०७८ शुक्रबार ११:१५, काठमाडौँ

हङकङको प्रशासनले एक अन्तर्राष्ट्रिय विद्यालयका १२० बालबालिकालाई क्वारेन्टिनमा राख्न निर्देशन दिएको छ। उक्त विद्यालयका एक विद्यार्थीको बाबुलाई कोभिड–१९ को संक्रमण देखिएसँगै प्रशासनले १२० बालबालिकालाई क्वारेन्टिनमा राख्न  र उक्त विद्यालय बन्द गर्न निर्देशन दिएको हो। 

यसअघि क्याथे प्यासिफिकका दुई पाइलटलाई कोभिड–१९ को संक्रमण पुष्टि भएको थियो। दुईमध्ये एक पाइलटकी श्रीमती डिस्कोभरी बे इन्टरनेशनल स्कुलमा पढाउँछिन् भने उनका दुई छोरा पनि त्यहीँ पढ्छन्।

हङकङलाई कोरोना संक्रमण मुक्त राख्ने लक्ष्यमा कुनै असर नपरोस् भन्नका लागि १२० बालबालिकालाई क्वारेन्टिनमा राख्न निर्देशन दिइएको हो। यसरी क्वारेन्टिनमा पठाइएका पाइलटको श्रीमती वा दुई छोराहरुसँग सम्पर्कमा आएका  बालबालिका छन्।

उनीहरुलाई तीन दिनसम्म क्वारेन्टिनमा राखिनेछ। यो समय शनिबार पूरा हुनेछ। त्यसपछि उनीहरु र परिवारको सदस्यको परीक्षण गर्दा नगेटिभ आए क्वारेन्टिन सकिनेछ। 

अधिकारीहरुले अहिले कन्ट्याक्ट ट्रेसिङको काम चलिरहेकाले विद्यालय पनि बन्द राख्न निर्देशन दिएका छन्। हङकङ आगामी जनवरीमा मेनल्याण्ड चीनसँग सीमा खोल्ने तयारी गरेको छ। यस्तोमा कोरोना संक्रमण फैलिन नदिन उसको ठूलो चुनौती छ। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .