हङकङमा विवादपछि चार जनामाथि चक्कु प्रहार, एकको कान टोकियो (भिडियो)

हङकङमा विवादपछि चार जनामाथि चक्कु प्रहार, एकको कान टोकियो (भिडियो)

नेपालखबर
कात्तिक १८, २०७६ सोमबार ७:४२,

 चक्कु प्रहारपछि ती व्यक्तिले एक मानिसको कान टोकेको एससीएमपीले जनाएको छ।

 यस घटनामा ६ जना घाइते भएका छन्। २ को अवस्था गम्भीर भएको हङकङ प्रहरीको भनाइ रहेको छ।

 आइतबार सरकार विरोधी प्रदर्शनकारीहरु प्रदर्शनका लागि टिया कोस्थित सपिङ मल अगाडि भेला भएका थिए। सोही समयमा चक्कु प्रहार गर्ने व्यक्ति र प्रदर्शनकारीबीच राजनीतिक विषयमा विवाद भएको थियो।

(भिडियो)

 ती व्यक्तिले विवादपश्चात प्रदर्शनकारीको भीडमा अन्धाधुन्ध चक्कु प्रहार गरेका थिए। चक्कु प्रहारको घटनापछि भीडले चक्कु प्रहार गर्ने व्यक्तिमाथि कुटपिट गरेका थिए।

 उनी यतिबेला घाइते छन्। कुटपिटबाट ती व्यक्तिलाई बचाउन एक व्यक्तिले प्रयास गरेका थिए। भीडले उनलाई समेत पिटेका थिए। उनी पनि घाइते भएका बताइएको छ।

चक्कु प्रहार गर्ने व्यक्ति। 

आइतबार हङकङका प्रदर्शनकारीले सरकार विरोधी प्रदर्शनका क्रममा ज्यादती गरेकोभन्दै विभिन्न स्थानबाट प्रदर्शन गरेका थिए।

 सो क्रममा प्रदर्शनकारीेले केही एमटीआर स्टेसनमा तोडफोड गरेका थिए। आइतबार ३५ प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको बताएको छ।

Paramedics attend to the injured outside Cityplaza. Photo: Edmond So

 

 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .