हङकङमा ‘स्वार्थी’ डिजाइनको मास्कको कारण फैलियो कोरोना संक्रमण

हङकङमा ‘स्वार्थी’ डिजाइनको मास्कको कारण फैलियो कोरोना संक्रमण

नेपालखबर
मंसिर ७, २०७८ मंगलबार ७:३३, काठमाडौँ

हङकङको रिगल एयरपोर्ट होटलमा बसेका दुईजनामा कोरोना संक्रमण पुष्टि भएको छ। हङकङका अधिकारीहरुका अनुसार एउटै तलामा बसेका उनीहरुले प्रयोग गरेको मास्कको कारण संक्रमण एकअर्कामा फैलिएको हो। साउथ चाइना मर्निङ पोस्टका अनुसार उनीहरुले पुनः प्रयोग गर्न सकिने भल्भ भएको मास्क लगाएका थिए। जीवविज्ञानका विशेषज्ञहरु यस्तो मास्कलाई ‘स्वार्थी’ डिजाइन भएको बताउँछन्। 

हङकङले कोरोना संक्रमण नियन्त्रणको लागि बाहिरबाट आउने सबैलाई होटल क्वारेन्टिनमा राख्दै आएको छ। साथै उसले होटल क्वारेन्टिनमा पनि संक्रमण नफैलियोस् भन्नका लागि विभिन्न मापदण्डहरु लगाइएको छ। यद्यपि संक्रमण भने रोकिन सकेको छैन। 

सीसीटीभीका अनुसार गत शनिबार होटलमा बसेका ३६ वर्षीय एक व्यक्तिमा गत साताको सोमबार कोरोना संक्रमण देखिएको थियो। उनले होटल क्वारेन्टिनमा बस्दा भल्भ भएको मास्क लगाउँथे। सोही मास्क लगाएर उनले खाना लिन र फोहोर फ्याँक्न बाहिर जान्थे। धेरैपटक त उनी ढोका खुलै राखेर मास्क नलगाई बस्ने गरेका थिए।

सोही क्रममा विपरीततर्फको कोठामा बस्ने ६२ वर्षीय एक व्यक्तिमा संक्रमण सरेको अधिकारीहरुले बताएका छन्। उनलाई शनिबार परीक्षण गराउँदा संक्रमण पुष्टि भएको हो। 

हङकङकको सूक्ष्म जीव विज्ञानकी प्राध्याक युएन क्वोक युङले भनिन्, ‘यस्ता मास्क स्वार्थी मास्क हुन्। यस्ता मास्कले सास लिँदाचाहिँ भाइरसलाई रोक्न सक्छ तर सास फेर्दा फिल्टर गर्दैैन, जुन राम्रो होइन।’ 

अधिकारीहरुले एयरपोर्ट र होटलका कर्मचारीहरुले अगन्तुकलाई भल्भको सट्टामा सर्जिकल मास्क प्रयोग गर्न सुझाव दिनुपर्ने बताएका छन्। संक्रमण नियन्त्रणको लागि सर्जिकल मास्क निकै प्रभावकारी हुने गरेको विभिन्न अध्ययनले देखाएका छन्। 

हङकङ कारोना संक्रमण शून्यमा झार्ने लक्ष्यमा अघि बढिरहेको छ। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .