‘हिउँदमा हङकङका अस्पतालमा कोरोनाका बिरामी बढ्न सक्छन्’

‘हिउँदमा हङकङका अस्पतालमा कोरोनाका बिरामी बढ्न सक्छन्’

नेपालखबर
मंसिर १४, २०७८ मंगलबार १०:२०, काठमाडौँ

हङकङका स्वास्थ्य विशेषज्ञले हिउँदयाममा सार्वजनिक अस्पतालमा बढ्न सक्ने चेतावनी दिएका छन्। उनीहरुका अनुसार हिउँदमा हङकङमा कोरोनाका नयाँ संक्रमितको संख्या कोरोना महामारीपूर्वको तुलनामा धेरै हुनेछ।

यद्यपि नियमित मास्क लगाउनाले सो अवधिमा मौसमी इन्फ्लुएन्जाको संक्रमणमा भने कमी आउन सक्ने उनीहरुले बताएका छन्। 

हस्पिटल अथोरिटीका प्रबन्धक डाक्टर माइकल वोङ लाप–गेटका अनुसार हिउँदयाममा चिसो बढेसँगै बालबालिका, वयोवृद्ध नागरिक र पहिला नै गम्भीर रोगबाट पीडित मानिसहरु श्वासप्रश्वाससम्बन्धी समस्याबाट सबैभन्दा प्रभावित हुनेछन्। 

‘समाजिक गतिविधिहरु सामान्यजस्तै बनिसकेको अवस्थामा कुनै पनि रोगबाट ग्रस्त हुने र दुर्घटनामा पर्नेको संख्या पनि महामारीपूर्वको अवस्थामा आइपुगेको छ’, उनले भने। हिउँदयाममा बढ्न सक्ने बिरामीको संख्यालाई मध्यनजर गर्दै ७० करोड हङकङ डलरभन्दा धेरै रकम अस्पतालका लागि छुट्याइएको साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेको छ।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै हङकङका अस्पतालमा ३२३ नयाँ बेड थप्ने तयारी भइरहेको वोङले बताएका छन्। पछिल्लो समय हङकङ कोरोना संक्रमण शून्यमा राख्ने नीतिअनुसार अघि बढिरहेको छ। कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण देखिएसँगै अहिले सतर्कता थप बढाइएको छ। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .