हङकङमा साना र मझौला उद्योगलाई प्रदान गरिने ६० हजार डलरका लागि आवेदन खुल्यो

हङकङमा साना र मझौला उद्योगलाई प्रदान गरिने ६० हजार डलरका लागि आवेदन  खुल्यो

मगेन्द्र राई
कात्तिक २२, २०७६ शुक्रबार ७:१४,

 हङकङका धनाढ्य लि का सिङले आफ्नो फाउन्डेसन मार्फत साना तथा मझौला खाद्य र पेय पदार्थ उद्योगलाई प्रदान गर्ने राहत कोषको वितरणको लागि आवेदन खुला गरेका छन्।

फाउन्डेसनले हङकङमा चलिरहेको सरकारविरुद्धको आन्दोलनले आर्थिक संरचना डामाडोल भइरहेको अबस्थाको बेला मझौला र साना खाद्य तथा पेय पदार्थ उद्योगलाई राहात पर्दा गर्नै उद्देश्यले नोभेम्बर ८ शुक्रबारदेखि आवेदन खुल्ला गरेको छ।

 यो आवेदन अनलाईनबाट मात्रै दिन सकिने ‘तत्काल राहत कोष प्रथम चरण’ अन्तर्गत योग्य रेस्टुरेन्ट तथा बारहरुले ६० हजार हङकङ डलर प्राप्त गर्नेछन्।

 आवेदन आगामी १७ तारिकसम्म दिन सकिने फाउन्डेसनले प्रेस विज्ञप्तिमार्फत् जानकारी गराएको छ। आवेदन बिहान ९ बजेदेखि ५ बजे सम्म तोकिएको छ।

आवेदनहरु मध्येबाट योग्य ठहरिएकाले २६ नोभेम्बरबाट उक्त रकम हात पार्नेछन्।

अनलाइनमार्फत यसरी दिन सकिन्छ आवेदन

उपरोक्त ६० हजार प्राप्त गर्न निम्न लिखित प्रक्रियाहरु पूरा गर्नुपर्ने छ।

सर्बप्रथम www.lksfsme.hk टाईप गरि वेब साइटमा प्रवेश गर्ने।

योग्यताको लागि निम्न लिखित ६ मापदण्ड हुनुपर्नेछ।

१. एफ एन्ड बी आउटलेट हुनुपर्नेछ।

२. ५० भन्दा कम कामदारहरु हुनुपर्नेछ।

३. मान्यता प्राप्त व्यापारिक दर्ता प्रमाण पत्र अर्थात बिजिनेस सर्टिफिकेट हुनुपर्नेछ।

४. मान्यता प्राप्त खाद्य व्यवसाय इजाजतपत्र (सामान्य रेस्टुरेन्ट र लाइट रिफ्रेसमेन्ट भोजनालय र सीयू मेई वा लो मे सप) अर्थात एफ एन्ड बी लाइसेन्स हुनुपर्नेछ।

५. नगद चेक अर्थात क्यासियर अर्डर प्राप्त गर्नका लागि हुलाक ठेगाना खाद्य व्यवसाय इजाजत पत्रमा उल्लेख गरिएको ठेगाना एकै हुनुपर्नेछ।

६. १ मे २०१९ भन्दा पहिल्यै वैध व्यवसाय अनुमति पत्र जारी भएको रेस्टुरेन्ट–बार वा भोजनालय हुनुपर्नेछ।

माथि उल्लेखित प्रमाण पत्रहरु तथा रेस्टुरेन्ट बोर्डसहितको अगाडि भागको तस्बिर सहित पेश गर्नुपर्नेछ। तस्बिर जेपेग फर्म्याटको हुनुपर्नेछ।

सम्पर्क विवरणहरू प्रविष्ट गर्ने र परिणामहरूको एसएमएस सूचनाको लागि सम्बन्धित ब्यक्तिको मोबाइल नम्बर प्रदान गर्ने नबिर्सने।

सबै जानकारीहरुको समीक्षा र यकिन गर्ने र आवेदन प्रक्रिया पूरा गरि सकेपछि ूकन्फर्मेसनू क्लिक गर्ने।

सफल आवेदकहरूलाई एसएमएसमार्फत सूचित गरिने बताईएको छ। योग्य ठगरिएका आवेदकहरुले कुरियर सेवा मार्फत ६० हजार डलर खाद्य व्यवसाय इजाजत पत्रमा उल्लेख गरिएको ठेगाना मार्फत प्राप्त गर्नेछन्।

फाउन्डेसनको ‘विश्वास बढी, तनाव कम’ भन्ने सिद्धान्त अनुरुप उक्त परियोजना ल्याइएको हो।

निवेदनहरुको समीक्षा र वितरण द्रूत गतिमा गरिने बताइएको छ। तर, निवेदकले गलत विवरण, जालसाजी दुरुपयोग गर्नेहरुलाई कानुनी कारबाही भोग्नु पर्ने चेतावनी समेत दिइएको छ।

लि का शिङले गत अक्टोबर ४ मा हङकङको बिग्रँदो आर्थिक अवस्थालाई राहत स्वरुप एक अर्ब हङकङ डलर दिने घोषणा गरेका थिए। सोही योजना अन्तर्गत बाट २० करोड डलर रेस्टुरेन्टहरुलाई प्रदान गर्न लागिएको हो।

उक्त अनुदानबाट हङकङमा ४–५ हजारको हाराहारीमा रहेका रेस्टुरेन्टहरु मध्ये करिब ३ हजार ३३३ रेस्टुरेन्टहरु लाभान्वित हुने भएका छन्।

हङकङमा चलिरहेको आन्दोलनको कारण केही महिनायता रेस्टुरेन्ट उद्योग धरासयी हुँदै गैरहेका छन्। व्यापारमा ३० प्रतिशतभन्दा बढीले गिरावट आएको छ भने २०० भन्दा बढी रेस्टुरेन्ट आउटलेटहरू बन्द हुँदा सयौं बेरोजगार भएका छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .