बेलायतमा सम्पन्न ‘विन्टर टेनिस टुर्नामेन्ट’को उपाधि वारोक राईले जिते

बेलायतमा सम्पन्न ‘विन्टर टेनिस टुर्नामेन्ट’को उपाधि वारोक राईले जिते

विजेता वारोक राई (बायाँ) र उपविजेता र तारामान गुरुङ।


मगेन्द्र राई
माघ ९, २०७८ आइतबार १४:४१, बेलायत

बेलायतमा त्यहाँस्थित गोर्खा नेप्लिज टेनिस क्लबले आयोजना गरेको एक दिवसीय ‘विन्टर टेनिस टुर्नामेन्ट’को उपाधि वारोक राईले जितेका छन्। 

शनिबार वेल्विन गार्डेन सिटीस्थित गिल्सिङ टेनिस एकाडेमीको इन्डोर टेनिस सेन्टरमा सम्पन्न प्रतियोगिताअन्तर्गत मिन्स सिङ्गल्स डिभिजन एतर्फको फाइनल खेलमा शीर्ष वरीयताका वारोक राई दोस्रो वरीयताका तारामान गुरुङलाई ६–३ अन्तरमा हराउँदै च्याम्पियन बनेका हुन्।

समयाभावका कारण १ सेट मात्र खेलाइएको फाइनल खेलमा वारोकले ५–१ को अन्तरले अग्रता लिएका थिए। दुई च्याम्पियनसिप प्वाइन्टको मौकालाई वारोक कन्भर्ट गर्नबाट चुके। तारामानले वारोकको सर्भ ब्रेक गर्दै दबाब सिर्जना गरेका थिए। तर अन्ततः कन्सिस्टेन्ट पावरफुल बेसलाई ग्राउन्ड स्ट्रोकले तारामानलाई अन्फोर्स एरेर गराएर वारोक विजयी हुन सफल भए। ​

वारोक बेलायतमा आईटीएफ खेलाडी हुन् भने तारामान नेपालका पूर्वजुनियर राष्ट्रिय खेलाडी। हालसम्म वारोक र तारामानबीच हेड टु हेड रेकर्ड  ३-० छ।

त्यसैगरी डिभिजन बी,  सी र डीतर्फ नमराज गुरुङ, ललित मल्ल र दीपक गुरुङले क्रमशः राजन फुँयाल, मोती घले र बलकृष्ण राईलाई हराएर विजेता बनेका छन्।

प्रतियोगितामा कूल ३२ खेलाडी सहभागी भएका थिए। 

विजेता खेलाडीहरुलाई क्लबका अध्यक्ष हर्क गुरुङले ट्रफी प्रदान गरेका थिए।

क्लबले हरेक वर्ष विन्टर, स्प्रिङ, समर र औटम गरी ४ प्रतियोगिता सञ्चालन गर्ने गरेकाे छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .