हङकङ आन्दोलनकारी धनुवाणसहित प्रदर्शनमा उत्रिए

हङकङ आन्दोलनकारी धनुवाणसहित प्रदर्शनमा उत्रिए

नेपालखबर
कात्तिक २७, २०७६ बुधबार ६:५८,

बुधबार पनि हिंस्रक प्रदर्शन जारी रहेको हो। बुधबार बिहानैबाट प्रदर्शनकारीले सडक अवरुद्ध पारेका छन्। रेल स्टेसनमा तोडफोड गरेका छन्।

खतरा मध्यनजर गर्दै त्यहाँका विद्यालय तथा विश्वविद्यालयहरु बन्द गरिएका छन्। आन्दोलनकारीको प्रदर्शनलाई नियन्त्रणमा लिन दंगा प्रहरीहरु विभिन्न स्थानमा खटेका छन्।

A protester releases a flaming arrow at the Chinese University of Hong Kong early on November 13, 2019.

द गार्जेनका अनुसार बुधबार चिनियाँ विश्वविद्यालय अगाडि प्रदर्शनकारीहरु धनुवाण र पेट्रोल बमसहित प्रदर्शनमा उत्रिएका छन्।

हङकङको प्रदर्शन ६ महिनामा प्रवेश गरेको छ। गत सोमबार प्रहरीले प्रदर्शनकारीमाथि गोली चलाएपछि आन्दोलन थप चर्किदै गएको हो।

Image result for hk protest

सोमबार साँझ हङकङकी कार्यकारी प्रमुख क्यारी लामले सरकार विरोधी प्रदर्शनकारी जनताका शत्रु भनेपछि आन्दोलनकारीहरु झनै भड्किएका छन्।

हङकङमा सरकारको सुपुर्दगी विधेयकलाई लिएर चर्किएको प्रदर्शनले त्यहाँ तनाव उत्पन्न गराएको हो।

सरकारले सुपुर्दगी विधेयक फिर्ता लिएता पनि प्रदर्शनकारीले क्यारी लामको राजीनामा र हङकङ थप स्वतन्त्र हुनुपर्ने माग राख्दै आन्दोलन गरिरहेका हुन्।

Protesters at the Chinese University of Hong Kong early morning on November 13, 2019.

 

 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .