हङकङका पूर्व सांसदलाई चार महिनाको जेल सजाय

हङकङका पूर्व सांसदलाई चार महिनाको जेल सजाय

नेपालखबर
माघ १२, २०७८ बुधबार १३:१४, काठमाडौँ

हङकङको विपक्षी पार्टीका पूर्व सांसद लाम चेउक टिङलाई ४ महिनाको जेल सजाय सुनाइएको छ।

एक भ्रष्टाचारको मुद्दाको अनुसन्धान बाहिर खुलासा गरेको आरोपमा उनलाई जेल सजाय सुनाइएको हो। ४४ वर्षीय प्रजातान्त्रिक पार्टीका सदस्यसमेत रहेका उनले एक प्रहरी कमाण्डरमाथि भएको भ्रष्टाचारको अनुसन्धानमा  रहेका मानिसहरुको पहिचान सार्वजनिक गरेका थिए। 

सन् २०१९ मा भएको हिंसात्मक आन्दोलनको मुख्य कारक मानिएको युएन लोङको घटनाको बेलामा ड्युटीमा रहेका एसिस्टेन्ट कमाण्ड याउ नाइ–केउङमाथि अनुसन्धान भएको थियो।

उक्त घटनामा १०० भन्दा धेरै रड तथा अन्य अन्य धारिलो हतियार बोकेका मानिसहरुले आक्रमण गरेका थिए। जसमा ४५ जना मानिसहरु घाइते भएका थिए। यसैलाई सन् २०१९ को आन्दोलन चर्किनुको मुख्य घटना मानिएको छ। 

प्रारम्भिक अनुसन्धानको क्रममा याउले सञ्चारमाध्यमहरुसँग आफूले नजिकैको गाउँमा कुनै पनि रड तथा हतियार फेला नपारेको बताएका थिए।

जबकी अधिकांश आक्रमणकारी सोही स्थानमा जम्मा भएका थिए। साथै उनले कुनै पनि आपराधिक गतिविधिको संकेतसम्म पनि नपाइएको उल्लेख गरेका थिए।

पछि उनी उत्तरी नयाँ क्षेत्रको क्षेत्रीय कमाण्डर बनेका थिए। 

लामले सन् २०१९ को डिसेम्बरदेखि गत वर्षको जुनसम्ममा विभिन्न अन्तर्वार्तामा प्रहरीमाथि झुट फैलाएको आरोप लगाउँदै यो अनुसन्धानमा ढिलाइको आरोप लगाएका थिए। उनले याउ अनुसन्धानको घेरामा रहेको पनि खुलासा गरेका थिए। 
 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .