हङकङमा बुधबार एकैदिन कोभिड–१९ का ५० हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन्।
साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेअनुसार सरकारका मेडिकल स्रोतले ५० हजारभन्दा धेरै नयाँ संक्रमित थपिएको जानकारी दिएको हो।
कोरोनाको ओमिक्रोन भेरियन्टसहितको संक्रमण फैलिएसँगै अहिले हङकङ पाँचौं लहरको सामना गरिरहेको छ।
कोरोना नियन्त्रणको लागि हङकङले सबै मानिसको कोरोना परीक्षण गर्ने तयारी गरिरहेको छ। साथै स्वास्थ्य सेवामा पनि संकट देखिएको छ।
यसैबीच सरकारका सल्लाहकारले निजी अस्पतालहरुलाई कोरोना संक्रमण नियन्त्रणका लागि आवश्यक थप कदम चाल्न आग्रह गरेका छन्।
उनले कोरोना संक्रमणको लक्षण नदेखिएका बिरामीलाई उपचार गराएर सहयोग गर्न आग्रह गरेका हुन्।
618
Shares

प्रतिक्रिया