प्रदर्शनकारी खोज्न हङकङ प्रहरी छिरे पोलिटेक्निक विश्वविद्यालय

प्रदर्शनकारी खोज्न हङकङ प्रहरी छिरे पोलिटेक्निक विश्वविद्यालय

नेपालखबर
मंसिर १२, २०७६ बिहिबार १०:१५,

हङकङको पोलिटेक्निक विश्वविद्यालयमा दश दिनसम्म प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो। प्रदर्शनकारी आफैंले आत्मसमर्पण गर्न थालेपछि गतहप्तामात्र झडप रोकिएको थियो।

यद्यपी त्यहाँ भित्र दर्जनौं प्रदर्शनकारी रहेको आशंका गरिएको थियो। बुधबार विश्वविद्यालयका अधिकारीहरुले प्रदर्शनकारीहरु खोजेका थिए।

उनीहरुले कोही नभेटिएको जनाएपछि बिहीबार प्रहरीहरु उनीहरुलाई खोज्न विश्वविद्यालय प्रवेश गरेका हुन्।

दश दिनसम्म प्रदर्शनकारीले प्रहरीलाई भित्र प्रवेश गर्न नदिइ पेट्रोल बम, ढुंगा, धनुवाण प्रहार गरेका थिए।

A firefighter begins to search for flammable items left behind by protesters inside Polytechnic University. Photo: Sam Tsang

बिहीबार प्रहरीले विश्वविद्यालय भित्र घातक पदार्थहरु भेटेका छन्। पेट्रोल बमहरु धेरै मात्रामा फेला परेपछि सुरुवातमा सयजना मात्र भित्र प्रवेश गरेका प्रहरीको संख्या बढाएर चार सय पुर्याइएको एससीएमपीले उल्लेख गरेको छ।

प्रदर्शनकारीले विज्ञान प्रयोगशालाका रसायनहरु मिसाएर बम बनाएको प्रहरीले बताएका छन्।

Bomb disposal officers investigate a suspect package after entering Polytechnic University on Thursday. Photo: Sam Tsang

 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .