हङकङमा मिडिया सञ्चालकलाई संवेदनशील पोस्ट हटाउन निर्देशन

हङकङमा मिडिया सञ्चालकलाई संवेदनशील पोस्ट हटाउन निर्देशन

नेपालखबर
जेठ ५, २०७९ बिहिबार ८:४०, काठमाडौँ

हङकङको राष्ट्रिय सुरक्षा प्रहरीले अनलाइन मिडियाका संस्थापकलाई  राष्ट्रिय सुरक्षामा जोखिम उत्पन्न हुने किसिमको अनलाइन पोस्ट हटाउन निर्देशन दिएको छ।

साउथ चइना मर्निङ पोस्टका अनुसार हङकङको प्यासन टाइम्सका संस्थापक वोङ येउङ–टाटलाई अनलाइन पोस्टहरु हटाउन निर्देशन दिइएको हो।

समाचारमा उल्लेख गरिएअनुसार उनलाई बुधबार बिहान उक्त पोस्टहरु हटाउन निर्देशन दिइएको हो। 

प्रहरीले यस किसिमका पोस्टमा संवेदनशील विषयवस्तु मात्र नभएर यसले राष्ट्रिय सुरक्षालाई नै जोखिममा पार्न सक्ने बताएको छ।

स्रोतका अनुसार प्रहरीले वोङलाई उनकै घरमा पुगेर पोस्टहरु हटाउन निश्चित म्यादसहितको पत्र बुझाएको हो।

यद्यपि यो क्रममा कसैलाई पनि अहिलेसम्म पक्राउ भने गरिएको छैन। यस विषयमा अहिले अनुसन्धान चलिरहेको प्रहरीले बताएको छ। 

४२ वर्षीय वोङले फेसबुकमार्फत राष्ट्रिय सुरक्षा प्रहरी आफ्नो घरमा आएको र आफूलाई संवेदनशील पोस्ट हटाउन निर्देशन दिएको पुष्टि गरेका छन्।

उनले पछिल्लो समय मिडियामा काम गर्न र हङकङमा बसोवास गर्न दिनानुदिन कठिन हुँदै गएको बताएका छन्। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .