हङकङमा यस वर्षको चार महिनामा फोन स्क्यामबाट १४ करोड डलरभन्दा धेरै ठगी

हङकङमा यस वर्षको चार महिनामा फोन स्क्यामबाट १४ करोड डलरभन्दा धेरै ठगी

नेपालखबर
जेठ १५, २०७९ आइतबार १०:१६, काठमाडौँ

हङकङमा कोभिड–१९ को महामारीको समयमा यस वर्षको सुरुवाती चार महिनामा फोन स्क्यामरहरुले १४ करोड ४० लाख हङकङ डलरबराबरको रकम ठगी गरेका छन्।

हङकङमा ठगी भएको यो रकम गत वर्ष समग्रमा भएको ठगीको तुलनामा १८ गुणाले धेरै हो। 

यस वर्षको सुरुवाती चार महिनामा हङकङमा बसोवास गर्दै आएका १०२ जना मानिसहरुमा ठगीमा परेका हुन्।

उनीहरुमध्ये केही विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरु पनि छन्। ठगीमा पर्ने क्रममा पाँचौं महिनामा पनि जारी थियो। गत मे महिनामा १९ वर्षीय एक विद्यार्थी २० लाख हङकङ डलर ठगीमा परेका थिए। उनी सरकारी आइसोलेसन केन्द्रमा क्वारेन्टिनमा बसेको समयमा ठगीमा परेका थिए। 

हङकङमा फोन स्क्यामलाई नियन्त्रणको लागि बनाइएको विशेष बलका प्रमुख मोक त्सज–वाईले महामारीको कारण हङकङमा यस किसिमको ठगी मौलाएको बताए।

उनका अनुसार हङकङमा कोरोना महामारी बढेसँगै मानिसहरु यस विषयमा चिन्तित भएको र महामारी नियन्त्रणको लागि लगाइएको प्रतिबन्धबाट बाहिर निस्किने प्रयासमा रहेकाले त्यसको फाइदा स्क्यामरहरुले उठाएका हुन्। 

महामारीको समयमा अवैधरुपमा कोरोना खोप उपलब्ध गराउने, कोरोना प्रतिबन्धलाई छल्दै विभिन्न कार्यहरुको छूट दिने।

बेइजिङको सम्पर्क कार्यालयको अधिकारी हुँ भनी मानिसहरुलाई प्रभावित पार्नेजस्ता गतिविधिबाट मानिसहरुलाई स्क्यामरहरुले ठगी गरेको प्रहरीले बताएको छ। 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .