हङकङमा २० तलाबाट खसेर दुईजनाको मृत्यु

हङकङमा २० तलाबाट खसेर दुईजनाको मृत्यु

नेपालखबर
जेठ ३१, २०७९ मंगलबार ९:४८, काठमाडौँ

हङकङमा दुई मजदुरको करिब २० तला माथिबाट खसेर मृत्यु भएको छ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार हङकङको रियल्टी गार्डेनस्थित कन्डुइट रोडनजिकैको भवनमा काम गरिरहेका उनीहरुको खसेर मृत्यु भएको हो। 

‘प्रारम्भिक अनुसन्धान अनुसार दुई कामदारहरु करिब २० तलाबाट भुइँमा असेका हुन्। उनीहरुको घटनास्थलमा नै मृत्यु भएको छ’, प्रहरीका प्रवक्ताले भने।

प्रहरीका अनुसार सन् १९७१ मा बनेको भवनको मर्मतको लागि उनीहरुले छानोभन्दा केही तल अड्याएको खट भाँचिएर उनीहरु खसेका हुन्। 

प्रहरीले अहिले यस विषयमा अनुसन्धान भइरहेको बताएको छ। दुर्घटना कसरी भयो भन्ने विषयमा अहिले अनुसन्धान भइरहेको र प्रहरीले यसलाई औद्योगिक दुर्घटनाको रुपमा लिएको उल्लेख गरेको छ। 

जानकारहरुले भने राम्रोसँग खटको निरीक्षण नगरी काम सुरु गर्दा घटना भएको हुन सक्ने बताएका छन्।
 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .